५ फाल्गुन ०७६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ । त्यस्तैगरि करणी मुद्दाका प्रतिवादीको पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भनी घुस मागेको…