ललितपुर । भारतमा भएको महिला बाइकिङ स्यालोम विजेता सुनिता देशारलाई एम्स इन्टरनेशनल कलेज ललितपुरले सम्मान गरेको छ । भारतको बैङ्लोरमा भएको गोकार्ट नेशनल च्याम्पियनसिप अन्तर्गत महिला बाइकिङ स्यालोममा देशारले चालीस जना प्रतिस्पर्धीलाई पराजित गरेर बिजेता बनेकी थिइन । नेपालकी महिला नेशनल राइडर देशार नेपाल अटोमोबाइल एसोसिएसनबाट छनोट भएर बैङ्लोर स्पर्धामा छानिएकी थिइन् । सार्क राष्ट्र…