२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मोवाइलबाटै खिचौं राम्रो तस्विर 


२२ माघ २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
ललितपर
अहिले सबैको खल्तीमा राम्रो क्यामेरा भएको मोवाइल छन् । राम्रो मोवाइल क्यामेरा भएर मात्रै राम्रो फोटो आउदैन । फोटो खिच्न पनि जान्नु पर्छ ।
हामीले बोक्ने मोवाइल क्यामेरामा नयाँ नयाँ फङ्सन हुन्छन् । ति फङ्सनबारे राम्रो हेक्का नहुँदा हामी राम्रो फोटो खिच्नबाट चुकिरहेका हुन्छौं ।
बजारमा आएका अत्याधुनिक मोवाइल क्यामेरामा डिएसएलआर क्यामेराले जत्तिकै राम्रा तस्विर खिच्न सकिन्छ । अव क्यामेरामा भएका सामान्य फङ्सनबारे जानकारी लियौं । जसबाट हामी अझ राम्रो तस्विर खिच्न सक्छौं ।
१.पोट्रेट मोड
खासगरि अनुहारको मात्रै तस्विर खिच्न यो मोड काम लाग्छ । क्यामेराको म्यानुल मोड चलाउन नजान्नेले पोट्रेट मोडबाट राम्रो तस्विर खिच्न सक्छ । आजकल बजारमा आएका अत्याधुनिक मोवाइल क्यामेराहरुले यो मोडलाई अझ परिस्कृत रुपमा राखेका पाइन्छन् । मोवाइल क्यामेराहरुमा अनुहारमा भएका कोठी, डण्डीफोर र निधारका रेखाहरु स्प्रष्ट रुपमा देखिने गरि तस्विर लिन सक्ने गरि यो मोडको विकास गरेका छन् ।
पोट्रेट मोड र अटोमेटिक मोडमा केही भिन्नता छन् । यस मोडले अपार्चरलाई निश्चित विन्दुबाट बढ्न नदिई सटरस्पिडलाई प्राथमिकतामा राख्दछ । जसका कारण तस्विरको पृष्टभूमि अस्प्रष्ट हुन गई अनुहार वा विषयबस्तु प्राथमिकतामा पर्दछ । जुन काम मोवाइल क्यामेराले आफै गर्छ ।
२.स्पोर्ट मोड
गतिशिल बस्तुहरुको तस्विर खिच्न यो मोडको प्रयोग गर्ने राम्रो हुन्छ । गतिशील अवस्थामा रहेको झरना, दौडिरहेको मान्छे,उडिरहेको चरा र हुँइकिदै गरेको ट्रेन,बस आदिको तस्विर स्थिर वा गतिशील अवस्था देखाउन यो मोडमा राखेर फोटो खिच्नु पर्छ ।
यस मोडमा राखेर फोटो खिच्दा क्यामेराले सबै कुरा आफै मिलाउछ । खाली हामीले खिचिक्क मात्रै पार्दा हुन्छ ।
३.ल्याण्डस्केप
विभिन्न प्रकृतिक रमणीय स्थलहरुको फोटो खिच्न यो मोडमा राखेर चलाउदा राम्रो फोटो निकाल्न सकिन्छ । हिमाल, पहाड, समुन्द्र, ताल,मठमन्दिर आदिको सुन्दर तस्विर निकाल्न ल्याण्डस्केप मोड उपयोगी छ ।
यस मोडमा फोटो खिच्दा सकेसम्म जुम नगरी वाइडमा राखेर खिच्दा राम्रो हुन्छ । यो मोडमा क्यामेराले अपार्चर अंक धेरै राखेर फोटो खिच्ने गर्दछ । हुँदा कम प्रकाश भएको अवस्थामा भने ल्याण्डस्केप मोडमा राखेर फोटो खिच्दा तस्विर राम्रो हुँदैन ।
४.रात्री फोटोग्राफी मोड
यस मोडको प्रयोग गर्दा क्यामेराको सटरस्पिड कम हुन गई तस्विर हल्लिने सम्भावना रहने हुँदा समेसम्म स्थिर बस्तुको आड लिएर तस्विर खिच्नु राम्रो हुन्छ । रात्रीकालिन फोटोग्राफी गर्न ट्राइपोडको सहयोग लिएर पनि फोटो खिच्नु उपयुक्त हुन्छ । यस मोडबाट तस्विर लिदा सकेसम्म राम्रो किसिमको मोवाइल क्यामेरा ब्राण्ड हुनु राम्रो हुन्छ । रात्री समयमा प्रकाशको मात्रा कम रहने र मोवाइल क्यामेराले स्वतः आइएसओ बढाएर तस्विर खिच्ने हुँदा गेन्स बढ्ने र तस्विरमा स–साना टिका देखिन सक्छ । त्यसैले रात्रीकालीन मोडमा फोटो खिच्दा अटो आइएसओ राख्नु हुदैन ।
यस विधिबाट तस्विर खिच्दा मोवाइल क्यामेराले स्वचालित रुपमा सटरस्पिडलाई कम गर्दै अपार्चरलाई आधार मानेर तस्विर खिच्ने गर्दछ ।
५.माइक्रो मोड
आँखाले राम्ररी ठम्याउन गाह्रो पर्ने बस्तुहरुको तस्विर स्प्रष्ट रुपमा निकाल्नका लागि यस मोडको प्रयोग गरिन्छ । विशेष गरेर किराफट्ङ्ग्रा फूलहरु, सुन्दर पातपतिङ्गर आदिको तस्विर खिच्न माइक्रो मोड प्रयोग गर्ने चलन छ । माइक्रो फोटोग्राफीका लागि पृष्टभूमि चम्किलो किसिमको नभई मधुरो भएमा तस्विर अझ सुन्दर निकाल्न सकिन्छ । माइक्रो तस्विर खिच्न फोकस गर्न अलि गाह्रो हुन्छ त्यसैले हात नहल्लाई मोवाइल समात्नु पर्छ ।
६.सिल्वेट
वस्तुको पृष्टभूमिमा प्रकाशको मात्रा धेरै र अगाडि कम प्रकाश हुँदा सल्वेट तस्विर खिच्न सकिन्छ । विशेष गरेर सूर्योदय र सूर्यास्तको बेला रुख र रखका पातजस्ता बस्तुलाई क्यामेराको फ्रेममा पारेर आकाश पृष्ठभूमि राखी सिल्वेट फोटो खिचिन्छ ।
विशेष गरेर कलात्मक वादलहरु,मन्दिर घरहरु चराहरु केन्द्रमा राखेर सुन्दर सिल्वेट तस्विर खिच्न सकिन्छ ।
खुलेको मौसममा सिल्वेट तस्विरहरु खिच्दा अझै सुन्दर देखिन्छन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ९ : ४० बजे