६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मन्छिन्द्र मन्दिर नबनेपछि बुङ्गमतीबासी निराश


२३ माघ २०७५, बुधबार  

0
Shares

ललितपुर खबर,
बुङ्गमती ललितपुर
२३ माघ २०७५
बुङ्गमतीका रत्नकाजी तुलाधर मंगलबार साँझ आफ्नो शोरुममा काम नगरी एक्लै टोलाएर बसेको भेटिए । उनी टोलाउन थालेको धेरै भयो । उनी दुखेसो पोख्दै भन्छन् ,‘एक दिन होइन दुई दिन होइन कति दिन कुर्ने कोही टुरिस्ट पस्दैन पसलमा ।’
रत्नकाली मात्रै होइन बुङ्गमती देवकृष्ण तुलाधर पनि व्यापार नभएपछि निराश छन् । आजकल पहिलेको तुलनामा चार पाँच गुणा व्यापार घटेको अनुमान लगाउछन् । पाँच बर्षअघिसम्म महिनाको ५० ६० हजार काठको मुर्ति बेच्ने तुलाधर अहिले महिनेको १० हजारको मुर्ति बेच्न मुस्किल परेको अनुभव सुनाउछन् ।

भुकम्प गएदेखि बुङ्गमतीबासीलाई दशा लाग्यो । पुरानो बस्ती भत्कदा सबैको घर ढले । ऐतिहासिक सम्पदा मच्छिन्द्रनाथको मन्दिर भत्कदा स्थानीय कलाकर्मी सबैको पेशा संकटमा परेको छ ।
बुङ्गमतीमा आउने पर्यटकले धेरैजसो ५ सय १ हजारको सना साना मूर्ति किन्ने गरेका छन् । पर्यटकहरुलाई पर्यटक गाइडले पसलमा ल्याउने गरेका छन् ।
होटल र ट्राभल कम्प्नीहरुले बुङ्गमतीको सम्पदा भुकम्पले भत्काएको भन्दै पर्यटकहरुको भ्रमण सूचिबाट हटाएको थाहा पाएपछि कलाकर्मी आक्रोशित छन् । होटलले हाम्रो काम नखोसेको भए हुने थियो ।
  
बुङ्गमती गाँउको बीचमा रहेको मच्छिन्द्रनाथको मन्दिर निमार्णमाम तिब्रता आएसँगै स्थानीय काष्ठकर्मी चाडै व्यापार पहिलेकै अवस्थामा फर्कनेमा आशावादी छन् । आहिले मच्छिन्द्रनाथको मन्दिरमा पहिलो तला छापिएको छ । श्रीलंका सरकारको सहयोगमा मच्छिन्द्रनाथको मन्दिर पुर्ननिर्माण भइरहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ९ : ५८ बजे