१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


टोलटोलमा टिपर निषेध अभियान 


२४ माघ २०७५, बिहिबार  

0
Shares

ललितपुर खबर

ललितपुर
२४ माघ २०७५


मध्यलितपुरका विभिन्न सडकमा गुड्ने टिपरहरु निषेध गर्ने क्रम बढेको छ । टिकाभैरव भैसेपाटीको सडकमा तिव्र गतिमा चलेको भन्दै स्थानीय बासिन्दाले टिपर रोक्ने गरेका छन् ।

छम्पी क्षेत्रमा ३ वटा विद्यालय रहेको र साँघुरो सडकमा विद्यार्थीको भिड त्यसमाथि टिपरको तीब्र गतिले स्थानीयमा त्रास बढेको भन्दै स्थानीयबासी टिपर चलाउन नदिने अभियानमा लागेका लाग्न थालेका हुन् ।
स्थनीयबासी धनराज थापामगरले भने,टिपर हावासरी आँउछन् केटकेटी र बुढाबुढीलाई हिड्नै समस्या भयो । लोड गााडी यसरी गुड्दा सबैलाई समस्या भयो ।
स्थनीय गुनासोपछि छम्पीस्थित प्रहरी कार्यालयबाट आएका टिपरलाई खोलाको बाटो डाइभर्ट गरिएको असइ सरस्वती खनालले बताइन् । टिपर चलेपछि धुलो उडेर बाटोमा बस्न समस्या रहेको उनको तर्क छ । ‘स्थानीय बाटोमा दुर्घटना बढेपछि सडकमुनि रहेको प्रहरी चौकी पनि खतरामा उनको गुनासो छ ।’ उनले भनिन् ।
यस्तै गोदावरीको बाटो हुँदै चापागाँउ छिर्ने सडकमा पनि स्थानीयले टिपर रोकेर साधुरो बाटाोमा अवदेखि नल्याउनु भन्ने गरेका छन् ।
ललितपुरको चापागाँउ ठेचो सुनाकोठीका स्थानीय बासिन्दाले साँधुरो सडकमा तिब्र गतिमा चलाएको र दुर्घटना बढेको भन्दै ४ बर्षअघिबाट मालवाहक टिपर गुड्न निषेध गरेका थिए ।
स्थानीयको अवरोधपछि नख्खु कोरिडोर संचालन भएको थियो । लामो र अप्ठ्यारो बाटो भएको हुँदा चालकहरु यो सडकबाट गाडी गुडाउन चाहदैनन् ।
स्थानीयबासीको अवरोधपछि टिपर चालकहरु गरी खान नपाएको भन्दै
आक्रोस पोखिरहेका छन् । नल्लु क्षेत्रमा टिपर चलाउने विकाश लामा टिपर चलाउन भन्दा अरु गाडी चलाउन फाइदा भएको तर्क गर्दै प्रश्न गर्छन्,‘हामीलाई त टिप भत्ता मात्रै घाटा छ साहुलाई कति घाटा होला ।’

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  १० : ०६ बजे