४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


जो झण्डा बेकेर मर्न चाहन्छ


१८ फाल्गुन २०७५, शनिबार  

0
Shares

ललितपुर खबर
वसन्तपुर,काठमाडौं
१७ फागुन २०७४

दौरा सुरुवाल अनि कालो भादगाँउले टोपी । चन्द्र सूर्य अंकित राष्ट्रिय भण्डा । शहरका साँस्कृतिक सम्पदा वरपर भेट्ने जो कोही उनीसग तस्विर खिचाउन झुम्मिन्छन् ।
लक्ष्मीनारायण शिल्पकार सुनिएको नाम त होइन । तर धेरैले शहरका गल्ली गल्लीमा भण्डा फहराइरहेको पक्कै देखेको हुनुपर्छ । उनी काठमाडौं शहरका सास्कृतिक सम्पदा वरपर १० फिटको फण्डा फहराइरहेका भेटिन्छन्,हरेक दिन ।
उनी छुट्टी बस्ददैनन् । सधै जसो झण्डा बोकेर हिडेका हुन्छन् । ‘कहिले काँही खुट्टा दुख्न हिड्न गाह्रो हुन्छ । अनि घरमा बस्छु । अरु मेरो के काम छ र ? लक्ष्मीनारायण प्रतिप्रश्न गर्छन् ।’
लक्ष्मीनारायणले २०६३ सालमा पहिलो पल्ट झण्डा बोकेर शहर पसे । धेरै नेपालीहरुले जिज्ञाशा राखे । कतिले फोटो खिचाए । उनीले त्यो बेला झण्डा समात्दा साँच्किै गर्वको महसुस गरका थिए । उनले त्यो क्षण नेपाली हुनुको अर्थ भेटे ।
जव २०६७ सालबाट देशको झण्डा फेर्ने बहस शुरु भयो । उनलाई चित्त बुझेन । उनीलाई यो संसारकै सुन्दर झण्डा नेपालीहरुले बुझउन जरुरी देखे । अनि भण्डा उचाले र शहर पसे । यसरी नै झण्डा चिनाउन र झण्डाको महत्व बुझाउन लक्ष्मीनारायण दिन रात भौतारिरहेका छन् ।


उनी झण्डा चिनाउन पुर्वपश्चिम भ्रमण गरिसकेका छन् । पश्चिम कैलालीको गड्गाचौकीबाट ७ दिनमा मेची पुगे झण्डा बोकेर । उनी झण्डा बोकेर हिडेरै पुर्वपश्चिम जान चाहन्थे । तर मनकारी सयौं नेपाली दाजुभाईहरुले सहयोग गरे । उनी मोटरसाइकमा लिफ्ट दिनेहरुसँगै यात्रा गरे ठाँउ गाँउमा ।
सधै स्वयम्सेवी रुपमा झण्डा बोकेर डुल्दा तपाईं बाच्ने पैसा कहाँबाट आउछ प्रश्न सुनेपछि लक्ष्मीनारायण हाँस्छन् । ‘मलाई भगवानले पु¥याई दिएका छन् ।’ उनको कुटनीतिक जवाफले बुझ्न सकिन्छ । उनी कति सरल छन् ।
झण्डा बोक्ने मात्रै होइन । उनी हरेक दिन झण्डाको स्टिकर पनि टाँस्छन् । केटाकेटीहरुलाई चकलेट बाँड्छन् ।
मान्छेसँग पैसा लिदा देशको झण्डा दुरुपयोग गरेको आरोप लाग्छ की भन्ने डर छ लक्ष्मीनारायणलाई । उनी भन्छन्, ‘मेरा छोराहरुले झण्डा बोकेर हिड्दा,फोटो खिचाउदा पैसा नलिनु भनेका छन् ।, मलाई कसैसँग पैसा लिनु पर्दैन । मेरो पुख्यैली सम्पती छ ।’


उनी नेपाली झण्डा बोकेर मर्न चाहान्छन् । झण्डा बोकेरै बाँच्न चाहान्छन् । उनीको झण्डा मोह देखेर धेरै मान्छे उनलाई पागल भन्छन् । कतिले पैसाको लालसामा झण्डा बोकेको आरोप लगाउछन् । कतिपय उनलाई राजावादी पनि भन्छन् । उनलाई यस्तो कुरा सुन्नु पर्दा नरमाइलो लाग्छ । उनी भन्छन् ‘चन्द्र र सुर्य अंकित यो झण्डामा संसारभरका नेपाली अटाउछन् ।’
उनीसँग घरमा पाँच फिटको झण्डा छ । ६ फिट अनि ८ फिटको पनि । अरु पनि धेरै झण्डा छन् उनीसँग । ‘यो नेपाली झण्डा प्यारो लाग्छ ।’ मुसुक्क हाँसेर भन्छन् लक्ष्मीनारायण ।


झण्डा बोकेको देखेपछि धेरै विदेशी फोटो खिच्न झुम्मिन्छन् । पैसा दिन खोज्छन् ।
बाटोमा झण्डा बोकेर हिड्दा कतिले खादा ओढाएर सम्मान गर्छन् । फोटो खिच्छन् । उनीलाई रमाइलो लाग्छ ।
कही कतै सरकारीे सम्मान पाएका छैनन् उनले । भन्छन् ‘सरकारले झण्डा चिनेको छैन । झण्डा फेर्ने सरकारले खै के सम्मान गर्ला खै ?’

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ७ : ५४ बजे