४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


‘च्याउ चोरले हैरान’ ः दंगाल


२५ फाल्गुन २०७५, शनिबार  

0
Shares


यादव दंगाल ललितपुरमा बस्छन् । उनको पेशा च्याउ खेती हो उनको साना गाँउ नख्खु खोला र गोदावरीमा तीन ठाँउमा च्याउ खेती छ । यी फाममा १२ जनाले रोजगारी पाएका छन् । आजकल फाममा १ हजार केजी च्याउ फल्छ । उनी भन्छन्, ‘च्याउ खेती गर्न झ्याउ छ । लगानी धेरै मेहनत पनि । च्याउमा १ करोडको लगानी छ । मेरो फाममा बाह्रै महिना च्याउ फल्छ ’
च्याउ खेतीबारे आफ्नाो अनुभव सुनाउछन्,‘नाफा नहुने सम्भावना कहिले काँही जिरो पनि हुन्छ । कहिले डवल नै हुन्छ ।’
उनको च्याउको व्यापार पनि छ । च्याउ किसानलाई लगानी पनि गरेका छन् ।
केही समय अघिको कुरा हो । उनको फाममा बच्चाहरुले ३ दिनसम्म च्याउ चोरेछन् । हरेक दिन २० केजी जति चोरेका उनको अनुमान छ । बजारमा चोरेको च्याउ बेच्न गएको पत्ता लगाएर पक्रेर पुलिसलाई बुझाएको बुझाए । विहान च्याउ टिपेर बजार गएपछि चोरेको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो । बच्चा बच्चीलाई के गर्नु ? दंगाल प्रतिप्रश्न गर्छन् । प्रहरीले गाली गरेर अवदेखि यस्तो नगर्नु भनेर छोडिदियो ।
च्याउ चोरीको घटना यस्तै अर्को पनि पत्ता लाग्यो ।
कुरा गएका बर्षको हो । उनको फाममा कर्मचारीकै संलग्नतामा महिनौं सम्म च्याउ चोरी भयो । चोर अरु थिएनन् फाममै काम गर्ने कर्मचारी पहिले काम गरेको अर्को कर्मचारीसँग मिलेर च्याउ चोरी भएको थियो । उनले च्याउको क्षतिपूर्ति पनि पाउने भए तर हात पर्यो ४ लाख ५० हजार मात्रै । एकान्त फाँटमा च्याउ खेती हुन्छ । ढुकेर बस्न पनि डर हुन्छ । उनी भन्छन् ।
अहिले च्याउ चोर ढुक्न कर्मचारी नै नियुक्त गरेर राखेका छन् ।
उनका फामहरु धेरै पटक चोरी भएको अवस्थामा देखेका छन् ।‘ चोर खोज्न कारवाही गर्न फर्सद नै छैन । दिनभर काम हुन्छ ।’ उनको भनाई यस्तो छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १० : १९ बजे