४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका सडक पिडितलाई मुआव्जा दिन्छौं ः महासेठ


२७ फाल्गुन २०७५, सोमबार  

0
Shares

लपु खबर
ललितपुर
२७ फागुन ०७५


संघीय सरकारका भौतिक योजना तथा यातयातमन्त्री रघुविर महासेठले स्थानीय सडक पिडितहरुसँग संवाद गरेर सबै पिडितहरुलाई क्षतिपूर्ति दिएर सडक विस्तार गर्न चाहेको धारणा राखेका छन् । सोमबार ललितपुर गोदावरी नगरपालिकाको तेश्रो स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री महासेठले भने,‘विकास सबैका लागि हो । विकाशको विरोध कसैले गर्नुहुन्न भन्ने विस्वास छ ।’


चेतनाथ सञ्जेलले यस नगरपालिकाको सबै भन्दा ठूलो समस्या सातदोवाटो लेले सडक रहेको विचार व्यक्त गरे । उनले भने न हामी सासंदले पैसा हालेर यो सडक बनाउन मिल्छ न मेयरले नै । यो सडक मन्त्री महासेठले हालेर बनाउन पर्छ ।
मेयर गजेन्द्र महर्जनले सडक विस्तार अघि बढिसकेको भए पनि मुआव्जाका कारण रोकिएको जानकारी दिए ।

सासंद नवराज सिलवालले मन्त्रीले सडक विभागका डिजी लगायत टिमै लिएर आएको हुँदा चापागाँउ तिलेश्वर र गोदावरी सडक निर्माण हुने विश्वास गरे । सिलवालले सडक वरपरका स्थानीयहरुलाई धुलोले समस्या भएको भन्दै सासंद चाडै यो सडक निर्माणको पहल गर्नु पर्ने विचार व्यक्त गरे ।
इमाडोल लूभू सडक ८० प्रतिशत काम सकिएको तर छम्पी सडकमा मुआव्जा समस्या मिलाएर काम गर्न पहल हुने विस्वास व्यक्त गरे ।

कार्यक्रममा स्थानीयबासी गायिका निशा देशार गायिक धर्मेन्द्र सेवान र संगीतकार आलोक श्रीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ०४ बजे