१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


‘सम्पदा संरक्षणमा सार्वजनिक खरिद ऐन बाधक’


२८ फाल्गुन २०७५, मंगलबार  

0
Shares

लपु खबर
ललितपुर
२८ फागुन ०७५


ललितपुर महानगरका मेयर चिरिवाावु महर्जनले सम्पदा संरक्षणमा सार्वजनिक खरिद ऐन बाधक भएको भन्दै तत्काल संशोधन गर्नु पर्ने धारणा राखेका छन् । राजधानीमा जारी मेयर्स फोरमको बैठकमा प्रारम्भिक घोषणा पत्रजारी गर्दै गर्दै उक्त धारणा राखेका हुन् ।

काठमाण्डौ र काभ्रे उपत्यकाका ऐतिहासिक सम्पदा संरक्षणका बारेमा छलफल गर्न आयोजना गरिएको दोस्रो मेयर्स फोरमको बैठकले अर्को बैठक किर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको दोस्रो मेयर्स फोरमको वैठकले उक्त निर्णय गरेको हो ।
। मेयर महर्जनले भने,‘प्रारम्भिक घोषणापत्रमा छलफलपछि अन्तिम रुप दिएर सार्वजनिक गर्नेछौं ।’ उनले भने, ‘यही ऐन अनुसार सम्पदा निर्माण गर्न दिइने हो भने ठेकेदार मोटाउँछन्, सम्पदाहरु कुरुप हुँदै जान्छन् ।’ महर्जनले तेस्रो मेयर फोरमको वैठक किर्तिपुरमा गर्न प्रस्ताव राखे ।

उपमेयर गीता सत्यालले ललितपुरको चिनारी सम्पदा भएको वताउँदै यसको संरक्षणमा महानगर प्रतिवद्ध भएको स्पष्ट पारिन्। उनले मेयर्स फोरममार्फत उपत्यकाका सम्पदा संरक्षणका लागि गरिने काम प्रभावकारी हुने वताइन्। किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले तेस्रो मेयर्स फोरमको आयोजना गर्र्न पाउनु महत्वपूर्ण अवसर भएको वताए। उनले गुठी संस्थानमा भएको बजेटलाई मूर्त तथा अमूर्त सम्पदा संरक्षणका लागि प्रयोग गर्न मेयर्स फोरमले पहल गर्नुपर्ने धारणा राखे ।

बैठकमा भूकम्प पश्चातको पुनःनिर्माण, ऐतिहासिक बस्तीहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षणका सन्दर्भमा छलफल भएको थियो। फोरमको बैठक प्रत्येक वर्ष आयोजना गरिनेछ । पहिलो बैठक पनौति नगरपालिकामा गरिएको थियो । उक्त कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिकाका मेयर

प्रारम्भिक घोषणापत्रमा सम्पदा क्षेत्रमा निर्माण गरिने घर तथा भवनहरुको नक्सा पासमा छुुट दिने सन्दर्भ लगायतका विषयहरु उल्लेख गरिएको छ मेयर्स फोरमले उपत्यकाकाभित्रका समस्या समाधान गर्न ठोस पहल गर्ने वताए। ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले मेयरहरुको यस्ता वैठकहरुले विकासको विकासको अवधारणलाई मूर्त रुप दिन सहयोग पु¥याउने वताए। वैठकमा १४ वटा नगरपालिकाका मेयर, उपमेयर र सम्पदा क्षेत्रको जिम्मेवारी पाएका इञ्जिनियरहरुको समेत सहभागिता थियो। बैठकमा ललितपुर महानगरपालिकाकी आर्किटेक चन्द्रशोभा शाक्यले महानगरपालिकाले सम्पदा संरक्षणमा गरेका कामहरु समावेश भएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। त्यसैगरी भक्तपुर नगरपलिकाका आर्किटेक रामगोबिन्द श्रेष्ठ, किर्तिपुर नगरपालिकाका कृष्णभोला महर्जन, पनौनी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए। पनौनी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अधिकारीले पनौतीको वडा नैे ७ मा मूर्त तथा अमूर्त सम्पदा धेरै रहेको वताउँदै लोभ भइसकेका जात्राहरुको सुरु गरेको वताए। टोकियो नेशनल इन्स्टिच्युट फर कल्चलर प्रपर्टिजका मासाहिको टोमोडाले सम्पदा संरक्षणका लागि थालिएको यो प्रयास महत्वपूर्ण र अर्थपूर्ण भएको वताए । उनले यसका लागि ललितपुर महानगरपालिकाले निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको वताए। कार्यक्रममा कोबे डिजाइन युनिभर्सिटी जापानका प्राध्यापक योकियो निसुमुराले सम्पदा संरक्षणका लागि संयुक्त रुपमा थालिएको यो प्रयासको प्रशंसा गरे।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ५ : ५४ बजे