१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरका विद्यालय मर्ज गर्नुपर्ने


३ चैत्र २०७५, आइतबार  

0
Shares

लपु संवाददाता
३ चैत्र ०७५,ललितपुर । दक्षिण ललितपुरका विद्यायलहरु एक आपसमा गाभेर संचालन गर्नु पर्ने आवश्यकत्ता पर्न थालेको सरोकारवालाहरुले विचार व्यक्त गरेका छन् । ललितपुरको भट्टेडाँडा भैसेस्थित भानु आधारभूत विद्यालयको स्वर्ण महोत्सवमा विद्यालयहरु गाभ्नुपर्ने विषयमाथि चर्चा भएको हो ।
वागमती गाँउपालिकाका ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले दक्षिण ललितपुरका कतिपय विद्यालयमा विद्यार्थी र शिक्षक बराबर रहेको अवस्थामा विद्यालयहरु गाग्न जरुरी भइसकेको विचार व्यक्त गरे । वडाध्यक्ष तिमल्सिनाले‘भने स्थानीय स्तरका विद्यालयलाई टिकाउन विकाउन र सिकाउन विद्यालयहरु गाभ्नुपर्ने जरुरी रहेको छ ।’
जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेलले एउटा विद्यार्थीले विद्यालय तह पार गर्न सरकारको लगानी इन्जिनियरिङ्ग तह पार गर्न लाग्ने जति नै लगानी लाग्ने तर्क गर्दै विद्यालय मर्ज बाध्यकारी बन्दै गएको वताउनु भयो ।
वागमती गाँउपालिकाकी उपाध्यक्ष रञ्जना लिमल्सिनाले गाँउपालिकामा ५० वटा विद्यालय रहेकामा सबै विदालयहरु न्यून विदार्थी रहेको देखेको वताइन् । गाँउ पालिकामा रहेको विद्यायलहरुलाई मापदण्ड बनाएर कुन कुन विद्यालयहरु भाग्ने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिइन् । उनले भनिन्,‘एउटा इसिडि राखेर विद्यालयहरु भाग्ने अवस्था छ ।’
भानु आधारभूत विद्यालयले मनायो स्वर्णमहोत्सव
२०२५ चैत्र १ गतेबाट संचालनमा आएको ललितपुर भट्टेडाँडा भैसेको भानु आधारभुत विद्यालयले स्वर्ण महोत्सव मनाएको छ ।
गाँउमा रहेको खाली चौरमा ढुंगा विछ्याएर हरेक घरबाट महिनाको ३ रुपैया उठाएर शिक्षकको तलव भरणपोषण गरेर संचालनमा आएको २ वर्षमा विद्यालयको अनुमती पाएको थियो ।यस विद्यालय लाई २०३७ सालमा मात्रै सरकारी शिक्षकको दरवन्दीसँगै र तलव निकासा हुन थालेको थियो ।
यस विद्यालयमा जम्मा ५० जना विद्यार्थी अध्ययन गरिहेका छन्

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ११ : ५१ बजे