६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बाटोमा बोकेरै व्यापार


१० चैत्र २०७५, आइतबार  

0
Shares

 

लपु संवाददाता
१० चैत्र ०७५, लगनखेल । लगनखेलको शुक्रबार भोजपुरकाअर्जन भुजेल कपडाको भारी बोकेर उभिएको अवस्थामा भेटिए । भुजेल भरिया होइनन् न त कपडा बोकेर घर जान लागेका हुन् । उनी महानगरले फुटपाथ हटाएपछि कपडाको भारी बोकेरै व्यापार गर्न आएका हुन् ।
भुजेलका अनुसार भारी बोकेर व्यापार गर्दा महानगरका प्रहरी आए भाग्न सझिलो हुन्छ । भारी बोकेर बसेको मान्छेलाई हत्त पत्त प्रहरीले लादैन भुजेल भन्छन् । उनी फुटपाथ हटाएपछि आफ्नो रोजीरोटी खोसिएको गुनासो गर्छन् । उनी भन्छन्,‘चौध बर्ष भयो फुटपाथमा सामान बेचेको । खान लाउन खाँचो थिएन ।’प्रतिप्रश्न गर्दै भन्छन्,‘अब के गर्ने होला ?’


लगनखेलमा भारी बोकेर व्यापार गर्ने उनी एक्ला होइनन् । इमाडोलकी रिता नर्कमी पछि भारी बोकेरै साग बेच्दै गरेकी भटिइन् । उनी जस्ता कपडा,झोला,घडी एअरफोनलगायत विभिन्न सामान बेच्ने वयापारी सडकभरि थिए ।

गतविहीबारबाट महानगरले फुटपाथमा व्यापार गर्न निषेध गरेपछि आजकल सडकमा सामान बोकेर बेच्नेको भीड छ ।
लगनखेलमा एक सटरमा व्यापार गर्ने व्यापारी विनोद सिल्पकारले भने फुटपाथ हटेपछि आफ्नो व्यापारमा खासै फरक नगरेको वताउँछन् । भन्छन् ‘हाम्रो सामान राम्रो हुन्छ अलि महँगो पनि हुन्छ । फुटपाथमा किन्नेले हाम्रोमा किन्दैन ।’
लगनखेलमा भेटिएका रवि जोशीलाई भने महानगरले फुटपाथ हटाउछ भन्ने विश्वास नै छैन रहेछ । उनी भन्छन्, ‘वर्ष २ पल्ट हावा हुरी आउँछ । जान्छ । हट्ने भए यस्तो हुदै हुँदैन ।’
उनको तर्कलाई साथ दिंदै रमेश बजगाई भन्छन् । महानगरले एक दुई दिन व्यापारी भगाउनछ । दुई चार दिनपछि जान्छ । अनि आउने पालो व्यापारीको हो । सडक भरिन्छ ।


महानगरपालिका नगर प्रहरी नायव निरिक्षक ओम प्रकाश राना भने अव सडकबाट पसलहरु हरु हट्ने दावी गर्छन् । उनी भन्छन्, यो फुटपाथ हटाउने तयारी माथिबाटै भएको छ । महानगरका मेयर,प्रहरीका कार्यालयका एसपि,नगरप्रहरी र टोलसुधारसंघ संस्थाको समन्वयमा फुटपाथ हटाएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : ४३ बजे