१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


विक्नै छाडे सुकुल


२० चैत्र २०७५, बुधबार  

0
Shares

सुकुल बुन्दै दिलमाई

लपु संवाददाता
२० चैत्र ०७५,सिद्धिपुर । सिद्धिपुर सुकुल बुन्ने शहरको रुपमा परिचित छ । तर पछिल्लो समय सिद्धिपुरमा सुकुल पाउन मुस्किल हुदै गएको छ ।
केही बर्ष अघिसम्म सिद्धिपुरमा सुकुल खोज्दै आउने व्यापारीको रामै्र चहल पहल हुन्थ्यो । खर्पनमा बोकेर पाटन लगेर बेचिन्थ्यो । स्थानीय चन्द्रमायाँ महर्जन भन्छिन्,आजकल यहाँ सुकुल किन्न आउन छोडे बुन्न पछि छोडे ।
सुकुल बुन्न छोड्नुको कारण पराल महँगो भएर पनि हो । सुकुल बुन्न टाइचिन पराल राम्रो मान्निछ । ‘शहरभरि घरै घर छन् । खेत घट्दै गए ।’ सिद्धिपुरमा भेटिएका नकुल महर्जन भन्छन् । पराल गाडीमा बोकेर गाँउ गाँउ पुग्न थालेपछि महँगो भएको उनको बुझाई छ । आजकल पराल च्याउ खेतीमा प्रयोग गर्ने हुँदा पनि एक कल्लीकै २५ रुपया तिर्नु पर्ने बाध्यता छ । सुकुल बुनेर बेच्नु भन्दा पराल बेच्नु फाइदा छ । उनी तर्क गर्छन् ।
सिद्धिपुरकी दिलमाई महर्जन १० वर्षदेखि सुकुल बुन्न थालेकी हुन् । सुकुल बुनेर धेरै पैसा कमाएको सम्झना छैन । उनी भन्छिन्,छोरीले सुकुल बुन्न कहिले काँही सघाउछिन् । आमा पनि सुकुल बुन्नु हुन्छ । तर दिनको २ सय पनि कमाइ हुदैन ।


स्थानीय रविन श्रेष्ठका अनुसार अहिले सुकुल बिक्नै छाड्यो । सुकुलका सट्टा राम्रो कार्पेट विछ्याउनेहरु बढे । सुकुल त गरिवले प्रयोग गर्ने बस्तु भनेर बुझ्न थालिएको छ । केही बर्ष अघि सुकुल खोज्न टाढा टाढाबाट मान्छे आउथे । उनी भन्छन्, ‘आजकल कतै रेष्टुरेण्टतिर प्रयोग गर्नका लागि सुकुल धेरै चाहियो भने कोही आउछन् । नत्र सुकुल बिक्दैन ।’
‘सिद्धिपुरका हरेक घरमा सुकुल बुन्ने गरिन्छ तर खेत बारीमा काम नभएको फुर्सदको बेला मात्रै ।’ नकुल भन्छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ५१ बजे