४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दलचोकीमा भ्युटावर निर्माण शुरु


२७ चैत्र २०७५, बुधबार  

0
Shares


लपु संवाददाता
चैत्र २७ ०७५, दलचोकी । ललितपुरको दलचोकी चुचुरामा भ्युटावर निर्माण प्रकृया शुरु भएको छ । स्थानीय कोन्ज्योसोम गाँउपालिकाले विनियोजन गरेको ३२ लाख बजेटबाट दलचोकी निरोगाधामबाट भ्युटावर निर्माणस्थलसम्म निर्माण सामाग्री लैजानका लागि सडक निर्माण सम्पन्न भएको छ भने पर्यटकका लागि पैदल मार्गबाट जानका लागि सिडीबाटोको स्वागतद्वार बनाउन शुरु भएको छ ।
भ्यू टावरमा जानका लागि मनकामना मन्दिरनजिक र विद्यायल एरियाबाट दुई वटा सिडी बाटो बनाइने राजन प्रसाद घिमिरेले बताए । उनले भने ‘डिपिआर अनुसार भ्यू टावरलगायत संरचना बनाउन १० करोड लाग्छ । तीन तले भ्यु टावर,वरपर बगैचा, शौचालय, सिडि बाटो दुई वटा,दुई सयवटा गाडी अट्ने पार्किङ निर्माण हुन्छ ।’
कोन्ज्योसोम ३ का वडाध्यक्ष तिलकबहादुर बोम्जनका अनुसार पाँच बर्षसम्म भ्युटावर निर्माणसम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले भने,‘यस वर्ष ३२ लाख बजेट विनियोजन गरिएको छ ।’


भ्यु टावर निर्माणपछि टेण्डर लगाएर टिकट काट्ने र भ्यु टावर चढ्ने व्यवस्था हुनेछ । बोम्जनले भने,‘यहाँका पर्यटकीय संरचना निर्माण भएपछि पर्यटकहरुको गतिविधि बढ्नेछ भने स्थानीय निकायको आम्दानीको श्रोत पनि बढ्नेछ ।’
रामशरण मगरले भ्युटावरबाट भ्युटावरबाट हिमाल पहाड र तराई जहाँत्यही देखिने वताए । उनले भने,‘उत्तरी हिमालको सगरमाथादेखि दक्षिणमा रक्सौलसम्म देख्न सकिन्छ ।’

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ९ : ५३ बजे