६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


प्लाष्टिकको चौबन्दी चोलीमा चिटिक्कै


३० चैत्र २०७५, शनिबार  

0
Shares


लपु संवाददाता
३० चैत्र ०७५,पुल्चोक । पुराना प्लाष्टिकको दौरा सुरुवाल अनि उही प्लाष्टिककै चौबन्दी चोली । हेर्दा राम्रो कपडाको जस्तै दुरुस्तै । ललितपुर पुल्चोकमा जारी ललित अन्तराष्ट्रिय मेलामा यस्तै सामान प्रदर्शित छन् । मेलामा प्लाष्टिकको कपडा मात्रै छैनन् । पुराना प्लाष्टिकबाट बनाइएका भाडाकुडा पनि पाइन्छन् ।
कलंकीकी स्वस्तिका बस्नेत प्लाष्टिकको चौबन्दी चोली लगाउदा काउकुती लागेको अनुभव सुनाइन् । उनले भनिन्,‘अलि कपडाभन्दा गहुँगो रहेछ । नयाँ र रमाइलो अनुभव भयो ।’ प्लाष्टिकको चौवन्दी चोली लगाएकी बस्नेतले सझाउने भाडाँ कुँडासँगै मोवाइलमा फोटो पनि खिचाइन् ।

दौरा सुरुवालको सात हजर पर्छ । चौवन्दी चोलीको चार हजार । भाडाकुँडाको १ हजार पन्ध्र सय । सामान हेरेर ।

सडकमा फ्याकिएका प्लाष्टिकको टिपेर सफा गरेपछि यी सामान बनाइएको हो । यस्ता सामान पाटन छावाहालकी ७९ वर्षकी हिरामायाँ महर्जनले बनाएकी हुन् । पुराना सामान पुनःप्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन सरसामान प्रयोग बनाएर बेच्ने गरेको पाटनकी व्यापारी स्वस्ती प्रधान बताउछिन् । यल सम्पदाकी संचालिका प्रधान भन्छिन्,‘सबैले रमाइलो मानेर हेर्ने गरेका छन् । तर किन्ने जागर कसैले पनि गर्दैनन् ।’पाटनका धेरै जसो यी सरसामान उपहार दिने गरिन्छ । किन्ने मान्छे अलि कमै छन् स्वस्ति भन्छिन् ।
स्वस्तीले महानगरका मेयर चिरीबाबु महर्जनलाई उपहार दिइन् ।


पटनकै वावुकाजी महर्जनले घरमै बसेर यी सामान बनाउछन् । उनी धेरै जसो विदेश पठाउछन् । धेरैजसो युरोपियनले मन पराउछन् । प्लाष्टिकका तन्ना,पत्रपत्रिको टोकरी पनि पाइन्छ । ‘धेरै जसो सझाउनका लागि यी सामान प्रयोग हुन्छन् ।’ पाटनकी सरिता अवाले भन्छिन् ।
ललितपुर महानगरलाई कसिंगर मुक्त बनाउन पाटनका महिला सक्रिय छन् उनी भन्छिन्, ‘पुल्चोकस्थित अनमोल महिला सहकारीले तालिम दिएपछि पाटनका स्थानीय महिलाहरुले यी सामान बनाएका हुन् ।’

पाटनकै लक्ष्मी नर्कमी भने खेर जाने मकैको खोस्टा प्रयोग गरेर पुतली बनाउछिन् । उनले बनाएका यस्ता सामान पनि विदेश जान्छन् । ‘आजकल त नेपालीहरुले पनि किन्छन् ।’ लक्ष्मी भन्छिन् ।
रुचिका कारण खोस्टाका पुतली बनाउनतिर लागेको नर्कमी बताउछिन् । गर्न सके कमाइन्छ । कमाइयो पनि उनी भन्छिन् । खेर जाने खोस्टाका सामान बनाएर उत्कृष्ट व्यावसाय गरेको भन्दै उद्योग मन्त्रालयले उनलाई यस बर्षको उत्कृष्ट उद्यमीको पुरस्कार दिएको छ ।

 

 

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  १ : १४ बजे