११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मच्छिन्द्रनाथको जात्रा शुरु हुँदै


४ बैशाख २०७६, बुधबार  

0
Shares

मन्छिन्द्रनाथको रथ बनाउने क्रममा वेत कस्दै पाटनका डंगोल समुदाय । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
४ चैत्र,०७६,पाटन । रातो मन्छिन्द्रनाथको जात्रा प्रारम्भ भएको छ । पाटनको मच्छिन्द्र वहालमा वाराही समुदायले मन्छिन्द्रनाथको रथका लागि काठको काम गरिरहेका छन् । संगै डंगोल समुदाय पनि बेत कस्न थालेको छ । गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले रथका लागि आवश्यक सामाग्री वेत काठलगायतका ल्याइसकेको जानकारी दिए ।
चैत्र पूर्णिमाका दिन वैशाख ८ गते लगनखेल मच्छिद्रनाथको महास्नान गर्ने कार्यक्रम छ । वैशाख  २२ गते मच्छिन्द्रनाथको रथारोहण गर्ने हुन्छ भने वैशाख २५ गतेबाट रथ तान्न थालिन्छ ।
मन्छिन्द्रनाथको रथ तानेको हेर्न पाटनका स्थानीय मात्रै भेला हुँदैनन् । काठमाडौं, किर्तिपुर टोखा र भक्तपुरबाट पनि श्रद्धालुहरुको भीड लाग्छ ।

रथ बनाउने क्रममा काठको काम गर्दै वाराही समुदायका सदस्यहरु ।

रथ पुलचोकबाट नटोल गाावाहाल,मंगलबजार हुँदै लगनखेल पु¥याइन्छ । लगनखेलमा रथबाट नरिवल खसालेपछि जावलाखेल ल्याइन्छ र राष्ट्रपति प्रधानमन्त्रीलगायत सरकारी उच्च पदस्थहरु सामु मच्छिन्द्रनाथको भोटो देखाएपछि जात्रा समापन हुन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ७ : ३५ बजे