१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


झम्सिखेलको रुख ढल्दा जे देखियो


७ बैशाख २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
७ वैशाख,०७६, झाम्सिखेल । मिरा गड्तौला शुक्रबार साँझपख आफ्नो घरका कोठाभित्र थिइन् । ठूलो आवाजसहित हावा चलेको सुनिन् । झ्याल लगाउन नजिकै के पुगेकी थिइन् । अगाडिको रुख फन्फनी घुमेको देखिन् । उनी दौडेर बाहिर आइन् । भन्छिन्, रुख घरतिरै आएको थियो । फेरि सडकतिर लच्कियो । विस्तारै तीन स्टेपमा अड्कदै रुख ढल्यो ।
रुख लडेको ठाँउमा विद्युत् र टेलिफोचनको तार भएको कारण पनि मान्छे भाग्न समय पाएको तर्क गर्छिन् मिरा । भन्छिन्,‘हावा चलेको बेला मान्छे सडकमा नहिडेको हुदा क्षति हुन पाएन । नत सडक सधै व्यस्त हुन्थ्यो ।’
रुख लढेपछि हसपोसा गणेश मन्दिरमा क्षति पुग्यो । त्यो रुख रातभरि लगाएर सडकमा लडेको रुख काटेर पन्छाइएको थियो ।


रुख ढलेपछि विद्युत अवरुद्ध भएको स्थानीय सन्दन थापामगरले बताए । उनले भने,‘इन्टरनेट,केवुल र टेलिफोनको लाइन काटिएको छ । उनका अनुसार रुख ढल्ने क्रममा विद्युतको तारमा छुदा आगो निस्केको थियो ।

एक एकै पल्ट ढलेन । तारमा लल्झियो । अनि सडकमा बजारियो । रुख ढल्न समय लागको कारण वरपरका मान्छे भाग्न भ्याए । रुख नजिकै भिटामिन ए खुवाउन बसेका स्वास्थ्य स्वयमसेविका पनि नजिकै थिए ।
नजिकै पार्क गरेको स्कुटरमा क्षतिपुग्यो घर अगाडिको गेट भत्कियो । भाग्यबश कसैलाई केही भएन ।
शनिबार विहान जिल्ला वन कार्यालयका कर्मचारी आएर मुचुल्का उठाएपछि रुख काट्न थालिएको छ । विद्युत् र टेलिफोन को तार पनि सम्बन्धित कार्यलयका कर्मचारीहरु आएर मिलाउन थालेका छन् ।

शुक्रबार साँझ हावा हु्री आउदा सो रुख लडेको हो । रुख लडेपछि फेदमा हेर्दा जरा सुकेर मरिसकेको अवस्था देखिन्थ्यो । नयाँ जराले कहि कही समातेको भएपनि रुख ठूलो हुदा थेग्न सकेन ।

 

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १० : ४३ बजे