७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


प्लटिङ्गले जग्गामा बार लगाएपछि धापाखेलबासी आन्दोलित


१२ बैशाख २०७६, बिहिबार  

0
Shares


लपु संवददाता
१२ चैत्र ०७६,धापाखेल । ललितपुरको धापाखेलस्थित सि.जि. प्रपर्टिजले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बार लगाएको भन्दै स्थानीय बासिन्दाले बुधबार  भत्काएका छन् । साविकको धापाखेल ८ ख र ९ ख मा पर्ने कित्ता नं.४१, ३८ ७९ र ५८ मा करिव २८ आना जग्गामा सि.जि. प्रपर्टिजले बार लगाएको थियो । यी कित्ता नम्बरहरु पर्ती रहेको स्थानीय वेदनाथ दाहालले ललितपुर खबरलाई बताए । अहिले यो ठाँउ ललितपुर महानगरपालिका वडा नं. २४ मा पर्छ ।


बुधबार विहान प्लटिङ्ग स्थलमा भेला स्थानीयबासीसँगै प्रदेश सासंद दिनेश महर्जन पनि सहभागी थिए । भेलाले स्थानीयबासीको सहमतीविना सार्वजनिक जग्गामा एकलौटी रुपमा बार लगाएको भन्दै भत्काउने निर्णय अनुसार भत्काइएको मखुण्डोल टोल सुधार समितीका सचिव वेदनाथ दाहालले बताए ।

प्रदेश सासंद महर्जनले मिचिएको सार्वजनिक जग्गा फिर्ता ल्याउने भेलाले निर्णय गरेको वताए । उनले भने ‘म त्यहाबाट हिडेपछि बार भत्काइछ । बार भत्काउनमा म संलग्न छैन ।’ वडाध्यक्ष दिनेश कार्कीले ललितपुर खबरसँग फोन सम्पर्कमा आफूले सो जग्गा स्थानान्तरण गर्न नियमानुसार सिफारिस दिएको वताए ।
साविकको सार्वनजिक जग्गाभन्दा तल गहिरो र खोचमा सट्टा दिन लागेको भन्दै स्थानीय बासिन्दाहरुले निरन्तर विरोध गर्दै आएका थिए । कम्पनीले यी पर्ती जग्गाको साटो काम नलाग्ने खाल्टो ठाँउमा सट्टा जग्गा दिन प्रकृया अघि बढाउदै सि.जि. प्रपर्टिजले बार लगाएको थियो । सि.जि. प्रपर्टिजललाई फाइदा पुग्ने हिसावले वडाध्यक्ष दिनेश कार्कीले २०७५ अषाढ २२ गते जग्गा साट्न सिफारिस दिएको मखुण्डोल टोल सुधार समितीका अध्यक्ष नबीनकुमाार खड्काले वताए । उनले भने ‘वावु वाजेले जोगाएर राखेको सार्वजनिक जग्गामा एउटा कम्पनीले चाइयो भन्दैमा दिन सकिदैन ।’
मखुण्डोल टोल सुधार समितीका सचिव वेदनाथ दाहाल आनाको पच्चिस लाख जाने राम्रो जग्गा चौधरी ग्रुपलाई दिएर दुई लाख जाने जग्गा लिन गाउलेहरु नजाने वताए ।


स्थानीय उद्धव दाहालले भने,‘हामी जनता अड्डा अदालत कतै जान सक्दैनौं । उसले कागजमा बनाउला । हामी फिल्डमा बनाउन दिदैनौं । सधै भत्काइ रहन्छौं ।’

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।