१ असार २०८२, आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


जो मच्छिन्द्रनाथको मूर्ति रंगाउछन्


१९ बैशाख २०७६, बिहिबार  

40
Shares


२२ चैत्र,मच्छिन्द्रवहाल । पाटनको मच्छिन्द्रवहालस्थित मन्दिर परिसरमा बुधबार स्थानीय अमिर निकु मूर्ति रंगाउन आगोमा पालिस तताउदै थिए । जव पालिस तात्यो उनले मूर्तिमा लगाए । मच्छिन्द्रनाथको मुर्ति टलक्कै टल्कियो ।
अमिर हुन् पाटनका निकु परिवारका सदस्य । पाटनमा उनीका दाजुभाई बाहेक निकु परिवार छैन । परापुर्व कालमा मच्छिन्द्रनाथको मूर्तिमा आकृति कोर्न उनको परिवारलाई भक्तपुरबाट ल्याएको जनश्रृति रहेको अमिर वताउछन् । मच्छिन्द्रनाथको मूर्तिको आकृति कोर्न उनको परिवारले मात्रै पाउछ । उनको पुस्ताले ५ वर्षदेखि मूर्तिमा आकृति कोरिरहेको वताए । उनले भने, ‘त्यसअघि बुबा र काकाले मूर्ति कोर्दै आउनु भएको थियो । हामी अफिस जान्थ्यौ।’


बाजे एक जना मात्रै हुनु हुन्थ्यो । बाजेका भने चार भाई छोरा जन्मिए । अमिरसहित गम्भिर र समिरलगायत मिलेर आजकल मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाइरहेका छन् ।
मच्छिन्द्रनाथको मूर्तिमा ५ दिन लगाएर चित्र कोरिन्छ । चित्र कोर्दा ब्रत बस्नु पर्छ । चैत्र शुक्ल अष्ठमीदेखि द्वादशीसम्म लगाइन्छ । अरुले छुन नपाएको भगवानको मूर्तिमा चित्र कोर्न पाउदा अमिर दंग छन् । अमिर भन्छिन् । भगवानको काम गर्न पाउदा खुशी लाग्छ ।


मच्छिन्द्रनाथको जात्राभित्र धार्मिक सहिष्णुताको अनुपम नमूना देख्न पाइन्छ । मच्छिन्द्रनाथलाई पाटनका हिन्द् र वौद्ध धर्मालम्बीहरुले समान रुपमा पुज्दै आइरहेका छन् । वुद्ध भगवानलाई मान्नेहरु करुणामयको रुपमा पुज्दै आएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।