१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


लूभू बजारमा पुगेर रोकियो सडक विस्तार


२५ बैशाख २०७६, बुधबार  

0
Shares

सडकविस्तारको क्रममा सिद्धिपुर बजार । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२५ वैशाख ०७६,लूभू । उत्तरपुर्वी ललितपुरको लूभू बजारको घरहरुलाई मुआाव्जा वितरण नगर्दा सडक विस्तार रोकिएको छ । सर्वोच्च अदालतको फैसला अनुसार सडक मापदण्डमा परेका घरहरुलाई क्षतिपूर्ति र मुआव्जा वितरण गर्न वजेट नहुँँदा सडक विस्तार रोकिएको हो । वजेट नहुँदा सडक पिडितलाई क्षतिपूर्ति दिन वजेट नहुदा सडक विस्तार रोकिएको काठमाडौं उपत्यका विकाश प्राधिकरण ललितपुरका प्रमुख दिनेश पोते वतताउछन् ।
लूभू बजारका स्थानीय तथा वडाध्यक्ष विश्वराज श्रेष्ठ लभू बजारदेखि माथिसम्म १ सय घर सडकमा मापदण्डमा परेको वताउछन् । भन्छन्, सरकारले मुआव्जा वितरण वडा कार्याालयले केही गर्न नसकेको छैन ।’

निर्माणाधिन इमाडोल सडक ।


ग्वार्कोबाट इमाडोल कृष्णमन्दिरसम्म सडक विस्तार भई कालोपत्रे भइसकेको छ । कृष्णमन्दिरदेखि सिद्धिपुरसम्म ग्राइभेल गरेर कालोपत्रे हुने क्रममा छ ।
सिद्धिपुरमा भने २०\२५ घरलाई क्षतिपूर्ति दिन बाँकी रहेको प्राधिकरणका सिद्धि महर्जन वताउछन् । महर्जन भन्छनर,‘सिद्धिपुरका स्थाानीय सडक विस्तारमा सघााउन तयार छन् । गोदावरी खोलासम्म सडक विस्तार गर्न कुनै समस्या छैन ।’


लूभू बजार नजिकै गोदावरी खोलामा शान्ति निर्माण सेवाले पुल बनाइरहेको छ । खोलादेखि लूभू बजार नजिकसम्म पनि काम भइरहेको छ ।
लूभू बजार नजिकैबाट गएको वाहिरी चक्रपथ आयोजना शुरु भए ग्वार्को लूभू सडक विस्तारमा झन् वाधा पुग्ने वडाध्यक्ष विश्वराज श्रेष्ठ वताउछन् । वाहिरी चक्रपथ लूभू बजार दहसी टोलबाट बनाउन सर्वे भएक छ ।
लूभू बजारक्षेत्रका स्थानीयले टाउन प्लानिङ्ग हुँदै गएको ८ मिटरको सडकलाई विस्तार गरेर लैजान माग गर्दै आएका छन् भने त्याहाँका बासिन्दाले भने धुँलो धुवाका कारण समस्या परेको भन्दै रोक्न आग्रह गरिरहेका छन् ।
नेपाल सरकारले युएन ह्याविटाट र लुमन्तीसँग मिलेर काठमाडौं उपत्यकाभित्र १० वटा सम्पदा बस्ती निर्माण गर्ने क्रममा सिद्धिपुर र लूभू पनि परेको भन्दै स्थानीयले सडक विस्ताार रोक्न माग गरेका छन् । पुरानो सम्पदा बस्तीमा हाइवे बनाउदा सम्पदाको मर्म नै विग्रने स्थानीय सम्पदा संरक्षाणमा लाग्नेहरुको तर्क छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ९ : ०७ बजे