११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरका विद्यालयमा विद्यार्थी अभाव


२८ बैशाख २०७६, शनिबार  

0
Shares


ललितपुर संवाददाता

दक्षिण ललितपुरका माहाकाल गाँउपालिकाका विद्यालयमा विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेका छन् । कतिपय स्थानीय विद्यालयमा विद्यार्थी र शिक्षक संख्या शुन्य रहेको पाइएको छ भने कतिपय विद्यालयमा १÷२ जना विद्यार्थी मात्रै पढ्न पुग्छन् ।
श्रोतव्यक्ति योगनीधि तिमल्सिनाले माहाकाल गाँउपालिकाभरि रहेका २ वटा श्रोत केन्द्रको जानकारी दिए । उनका अनुसार यहाँका २७ वटा विद्यालयमो १७६ जना शिक्षक छन् । यिनै शिक्षकहरुले २ हजार २२ सय मात्रै विद्यार्थी पढाउने गर्छन् । तिमल्सिनाले भने, ‘विद्यार्थी कम भएकै कारण यहाँका १ दर्जन विद्यालय चल्न नसक्ने अवस्थामा छन् ।’
यहाँ सञ्चालनमा रहेको टुंगुन प्रावि मा ७ जना मात्रै विद्यार्थी छन् । शिक्षक १ जनाले पढाउछन् । चनदेवि प्राविमा ६ जना विद्यार्थी १ शिक्षक छन् । रिङ्गीन प्रा.वि भने १८ जना विद्यार्थी छन् भने शिक्षक चाही २ जना मात्रै । नमूना प्रावि कालेश्वर,सालघारी प्रावि, वाल प्राविलगायत विद्यालयहरुमा आँकडा पनि विराशाजनक छ । ‘जनजार्गती प्राविमा विद्यार्थी र शिक्षक नै छैनन् ।’ अहिले तिमल्सिनाले भने ।
२०६२ सालमा यस क्षेत्रमा विद्यालयहरु भाभिएको थियो । लमराङ्ग प्रावि कालेश्वर माविमा मिसाइसकिएको थियो भने जपका प्राविलाई माहाँकाल उमाविमा गाभिएको थियो ।
सेतिदेवि प्रावि धामिडाँडामा वैशाख २६ गते बुधबार विद्यार्थी नभएको भनेर स्कूल बन्द गरिएको खबर पाएको हेमन्त पराजुलीले जानकारी दिए । माहाँकाल गाउपालिकाकमा सबै विद्यालयमा विद्यार्थी कम भने छैनन् । यस क्षेत्रमा सञ्चालित बुद्ध भगवान प्रविमा ३५० हाराहारी विद्यार्थी पढ्छन् ।
विद्यालय एक अर्कामा गाभ्दा विद्यार्थीलाई विद्यालय जान टाढा हुने समस्या देखिएको छ । गाँउको विद्यायलय बन्द गर्ने हो भने विद्यार्थीलाई समस्या हुने स्थानीय शिक्षक बताउछन् । विद्यालय गाभ्दा आउनसक्ने समस्याका सम्बन्धमा छलफल भइरहेको माहाँकाल गाँउपालिकाका प्रमुख रामचन्द्र दाहाल बताउछन् । उनी भन्छन्, वडाध्यक्षलाई प्रतिवेदन बुझाउन भनेको छु । के गर्ने भन्ने छलफलमै छ । यहि शैक्षिक सत्रभित्रै टुंगाउछौं ।’ समस्याका लागि आवासिय सुविधा दिने कि यातयात सुविधा दिने भन्ने विषय छलफलमै रहेको दाहालले खुलाए ।

पछिल्लो समय दक्षिण ललितपुरबाट बसाइ सरेर काठमाडौं जाने क्रम बढेपछि विद्यार्थी अभाव हुन थालेको गोटिखेलका हरि घिमिरेले वताए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  २ : ११ बजे