११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गाँउले नै बोक्छन् गोटिखेलमा ग्याँस


३० बैशाख २०७६, सोमबार  

0
Shares

एक गृहणी ग्याँस सिलिण्डर बोकेर गोटिखेल बजार जाँदै । तस्विर ः ललितपुर खबर


लपु संवाददाता
पाखाभरि दाउरा छन् । धुवाको चिन्ता भए अनुदानमा घरमै गोवर ग्याँस प्लान्ट राख्न पाइन्छ । तर पनि दक्षिण ललितपुरको गोटिखेल क्षेत्रका स्थानीयहरु एल पि ग्याँसप्रति आकर्शित छन् । आजकल गाँउले डोकोमा दाउरा बोक्न छोडेर घरदेखि टाढाको गोटिखेल बजारमा ग्याँस लिन धाउछन् ।
स्थानीय गोविन्दप्रसाद पराजुलीले गोटिखेलमा आयोजित एक कार्यक्रममा गाउलेहरुले दाउरा सिटा कुवाएर शहरतिर सिलिण्डर बोकेर दौडेको टिप्पणी गरे । नविकरणीय उर्जा सम्बन्धि सो कार्यक्रममा पराजुलीले सौर्य उर्जा र वायोग्यास जस्ता धेरै उर्जाको श्रोत गाउमा भए पनि गाउलेले प्रयोग नगरि शहरिया जीवनशैली पछ्याएको टिप्पणी गरे ।
स्थानीय भगवती घिमिरे पाखाभरि दाउरा भएपछि खोज्ने मान्छे नहुँदा ग्याँसमा पकाउनु परेको वताउछिन् । उनलाई एउटा ग्याँस २ महिनालाई पुग्छ । भन्छिन् ,‘चापागाँउ आफै जानु पर्दैन । १५५० तिरेपछि आइपुग्छ ।’
माहाकांल गाउपालिकाकी उपध्यक्ष कमला लामा तामाङ्कले ३ सय घरधुरीले एलपि ग्याँस प्रयोग गर्ने गरेको रेकर्ड रहेको वताइन् । उनले भनिन्, ‘गाँउलेले घरमा ग्याँस ल्याएर राख्छन् । भ्याए दाउरामा पकाउछन् नभ्याए ग्याँसमा ।’ गाँउपालिकाको रेकर्ड पल्टाएर देखाउदै उनले भनिन् ,‘गाँउमा ३ सयको हाराहारीमा गोवर ग्याँस प्लान्ट छन् ।’

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ८ : ५० बजे