१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउका स्थानीयले नगरपालिका घेर्ने


३१ बैशाख २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
३१ वैशाख ०७६,चापागाँउ । सडक मर्मत गर्न माग गर्दै आन्दोलित स्थानीयबासीले मंगलबार विहान गोदावरी नगरपालिका घेराउ गर्ने भएका छन् । ‘हामी नौ बजे नगरपालिका घेरा उ गर्न जाँदैछौं ।’ स्थानीय कृष्णचन्द्र महर्जनले ललितपुर खबरसँग भने ।
स्थानीयबासीले माग पुरा नभएपछि आन्दोलनका कार्यक्रम चर्काउदै लगेका छन् । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सडक बनाउने जिम्मेबारी सडक विभागको भएको बताए । उनले भने,‘नगरपालिकाले सडक निर्माण गर्ने जिम्मेवारी होइन । घुर्नु पर्ने त सडक विभाग हो । हामीले त समन्य मात्रै गर्ने हो । घेराउ गर्छन् भने आपत्ती चाही होइन ।’

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ८ : २९ बजे