६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


धापाखेल दोवाटोमा आगलागी,दुई घाइते


२ जेष्ठ २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
१ जेठ ०७६,धापाखेल । ललितपुरको ठेचो र धापाखेलको सिमानामा धापाखेल दोवाटामा बुधबार एक कार्पेट कारखानामा आगलागी हुँदा २ जना घाइते भएका छन्् । कारखाना नजिकै एक झुपडीमा बस्ने कान्छी लामा र जीवन लामा घाइते भएको महानगरिय प्रहरी वृत्त चापागाँउका डिएसपि राजकुमार खिउजुले बताए । उनका अनुसार कारखानामा ४ वटा ग्यास समेत पड््कदा क्षति धेरै भयो ।

आगो निभाउन आएको दमकल ।


आरके कार्पेट एण्ड ह्याण्डी क्राफ््ट प्रालि नामको कारखाना ४ वर्षदेखि यस ठाँउमा सञ्चालित थियो ।
साँझ ७ बजेर ५० मिनेट जाँदा खाना पकाउन ग्याँस बाल्ने क्रममा ग्याँस लिक भएर आगो फैलिएको हो । चन्दनपुरका ऋषिराम घिमिरेले प्रारम्भिक अनुमानका आधारमा साँडे दुई करोडको क्षति भएको बताए । उनले भने,महिनाको अन्तमा तयारी गरेर राखिएको कार्पेट जल्यो । प्रतिकेजी ३०÷३५ हजार केजी पर्ने खाले कार्पेट थियो । ग्यास लिक भएर आगलागी भएको राजेन्द्र घिमिरेले बताए । उनले भने, ‘१२ वटा परिवारका यहाँ २३÷२४ जना बस्थे । वरिपरि बस्ने झपडी थियो । विचमा चाही कारखाना थियो ।’


आगलागीबाट लत्ताकपडा,खानेकुरा,भाँडाकुडालगायत सबै सरसामान जलेर नष्ट भएको छ । पुल्चोक,वसन्तपुर र भक्तपुरका दलकलले १ घण्टासम्म निरन्तर पानी लगाएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो । स्थानीय रमेश महर्जनका अनुसार रातको समय भएकोले आगो नियन्त्रणमा लिन कठीन भएको हो ।

उपचारका लागि अस्पताल जाँदै जीवन लामा । तस्विरहरु ः ललितपुर खवर ।
आगो निभाउन पुगेका स्थाननीय ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ७ : ३४ बजे