६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ सडक कालोपत्रे गर्ने जिम्मा मन्त्रीपरिषदलाई


२ जेष्ठ २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
२ जेठ ०७६,चापागाँउ । सातादोबाटो चापागाँउ सडक कालोपत्रे गर्ने सहमती भएको छ ।
विहीबार दिउसो जिल्ला प्रशासनमा भएको छलफलमा कालोपत्रे गर्नका लागि मन्त्रीपरिषदबाट निर्णय गराएर असोज कार्तिकसम्म कालोपत्रे गर्ने उल्येख छ । ललितपुरका सासंदहरु राजकाजी महर्जन, चेतनाथ सञ्जेल, पम्फा भुसाल र गजेन्द्र महर्जनको हस्ताक्षर भएको सहमती पत्र वाहिर आएको हो ।

सहमती पत्रमा तत्काल ग्रेडिङ मेसिन लगाएर सडक सम्याउने,ग्राइभेल राख्ने र रोलिङ गर्ने समेत लेखिएको छ ।
पत्रमा न्हुछे महर्जन, राम महर्जन र नील बहादुर देशारको नाम राखेर हस्ताक्षर गरिएको छ ।
सहमतीपछि साँझ चापागाँउ ठेचो सडक खुलेको छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि हस्ताक्षर भएको चापागाँउका खोम दाहालले बताए । उनले भने,
‘ अव बाटो खुल्छ । कुरा मिल्यो ।’
तर ठोचो स्थानीयहरु भ्ने सहमतीबाट असन्तुष्ट छन् । नाम उल्येख नगर्ने शर्तमा एक स्थानीयले सहमती धोका भएको वताए । उनले भने,‘थानकोटको जस्तै भन्ने कुटनीति भाषा आन्दोलन तुवाउने प्रयास भएको छ ।’

प्रदेश सासंद चेतनाथ सञ्जेलको नाम उल्लेख भए पनि उनले आफू बैठकमा नरहेको जानकारी दिए । उनले भने, ‘तत्काल ग्राइभेल गरेर कालोपत्रेमा जाने भन्ने हाम्रो सहमती हो ।’

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ७ : ४८ बजे