३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


लुभुमा पाइन्छ सित्तैमा ग्याँस


१२ जेष्ठ २०७६, आइतबार  

0
Shares

लुभुको टाउन प्लानिङ्गमा जमिन मुनिबाट निस्केको ग्यासमा खाना पकाउदै स्थानीय रश्मि श्रेष्ठ र हेर्दै दर्शकहरु ।
लुभु टाउन प्लानिङ चौरमा शनिबार(०७६ वैशाख ११) खाना पकाउदै रश्मि श्रेष्ठ । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१२ लुभु ०७६, लुभु । ललितपुरको लुभु टाउन प्लानिङ रहेको खुला चौरमा जमिनमुनिबाट आगो आइरहेको थियो । त्यही आगोमा शनिबार दिउसो रश्मि श्रेष्ठ खाना पकाइरहेकी थिइन् । रश्मिले भनिन्, ‘ सित्तैमा ग्यास पाइन्छ । म यहाँ सधै खाना पकाउछु ।’
रश्मिी मात्रै होइन डोर बहादुर ठकुरी पनि यहाँ अण्डा पोलेर खान्छन् । भन्छन्, ‘कहिलेकाँही साथीहरुसँग बसेर मासु पोलेर खाइन्छ ।’
‘म मात्रै होइन यहाँ टोलका धेरै मान्छे खाना पकाउन आउछन् । विहान भीड हुन्छ पालो पाइदैन ।’उनले भनिन् ।

खुला चौरमा ग्याँस बलेको देखेर अचम्म मान्दै हेर्ने भीड जम्मा भएको थियो । ‘यहाँ टाढा टाढाबाट ग्याँस बलेको हेर्न आउने भीड जम्मा हुन्छ रश्मिले भनिन् ।’
केही बर्ष अघि यहाँ इट्टा भट्टा थियो । भट्टामा बस्नेहरुले झुपडीसम्मै पाइप राखेर ग्याँस बाल्थे । पछि इट्टा भट्टाले जग्गा बेच्यो । प्लटिङ्ग भयो । यो जग्गा किन्ने मान्छे वेलायततिर रहेको स्थानीय बताउछन् । चौरमा ४ वटासम्म भाडा बसाल्न मिल्छ । दिनरात आगो आउछ । २०३५ सालदेखि निरन्तर आगो विरहेको छ ।

लुभु खेतमा आएको ग्यासमा शनिबार(०७६ वैशाख ११)आगो ताप्दै वालक ।


गतफागुनमा लुभुनजिकै खेतमा पनि ग्याँस निस्केको छ ।‘ बोरिङ्ग गरेर पानी निकाल्ने क्रममा आगो ग्यास निकियो ।’ स्थानीय आकाश राई भन्छन् । उनका अनुसार १५० मिटर खन्दा पानी निस्केन । ग्याँस पो निस्कियो । अनि त्यतिकै छोडिएको छ ।

२ वर्षअघि ग्यास निस्केको स्थल भक्तपुर सिरुटार खानेपानी ट्याङ्की ।


लुभु नजिकै सिरुटारको खानेपानी ट्याङ्कीमा पनि २ वर्षअघि पानी निकाल्ने क्रममा यस्तै ग्याँस निस्कियो । यहाँ यति धेरै ग्यास निस्कियो कि ग्याँस निभाउन उपत्यकाका ५ वटा दमकल नै ल्याउनु प¥यो । प्रत्यक्षदर्शी रमन थापा भन्छन् । २ वर्षअघिको घटना सम्झदै स्थानीय रेनुका थापा भन्छिन्, ‘त्यसबेला बस्तिी नै खाली गराइएको थियो ।’

वालकुमारी खरिवोटको मिथेन ग्याँस प्लाण्ट ।

ललितपुर लुभुनजिक पर्ने इमाडोलमा दर्जनौं ग्याँस प्लाण्टहरु छन् । केही वर्षअघि सरकारले मिथेन ग्यास निकाल्ने योजना अनुरुप यहाँ ग्याँस प्लाण्टहरु निर्माण गरिएका हुन् । वालकुमारी खरिबोटमा २०७३ मा भारत सरकारले लगाएको अघोषित नाकाबन्दीमा उर्जामन्त्री नविन्द्रराज जोशीले ग्याँस प्लाण्टको उद्घाटन नै गरेर घर घरमा ग्याँस वितरण गर्ने योजना अघि सारेका थिए । अहिले यो ठाँउमा घाँस उम्रेको छ । ढोकामा ताला लगाइएको देखिन्छ ।

ओम बानियाले निकालेको ग्यास र घरको भान्सासम्म लैजान जोड्डिएको पाइप ।


इमाडोलका ओम बानियाँले खेतबाट पानी निकाल्ने क्रममा ग्याँस आएपछि पाइपबाट जोडेर घरको भान्सामा लगेर खाना पकाउन थाले । अहिले २ वर्ष भयो चलाएका छैनन् । ‘कहिले काँही ट्याङ्कीमा लिपपोत गर्ने गर्थे लिक भयो कि भनेर । अहिले आउदैन ।’ उनले भने ।
इमाडोलकै उज्जवल सुवेदीले घाराचौरमा सरकाले ग्यास निकालेको प्लाण्ट देखेका थिए । ‘त्याहाँ गार्ड बस्थे । सरकारी कार्यालय नै खडा भएको थियो । पहिले त ग्यास निकालेको थियो । अहिले बन्द छ ।’ उनी भन्छन् ।

धाराचौरको ग्याँस प्लाण्ट र उम्रेको घाँस ।


इमाडोलमा दर्जनौं ठाँउमा ग्यास उत्खनन गरिएको पाइन्छ । नाकाबन्दीको बेला ग्याँस निकालेर जनतालाई बाड्ने चर्चा पनि भयो । ‘जव नाकाबन्दी खुल्यो । सरकारले ग्याँस निकाल्ने कुरा विर्सो ।’ स्थानीय राजु बानियाले भने ।

यो ग्याँस प्लाण्टमा अहिले घाँसले ढाकिएको देखिन्छ । (हेर्नुस् तस्विर)

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  ६ : ५० बजे