१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


२२ तले धरहरा बन्ने, १५ प्रतिशत पुरा


१५ जेष्ठ २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१५ जेठ ०७६, काठमाडौं । राजधानीको सुन्धारास्थित धरहराको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय पुर्ननिर्माण प्रधिकरणका विज्ञ राजुमोहन मानन्धरका अनुसार धरहराको निमाृणको १५ प्रतिशत काम पुरा भएको छ ।
स्थानीय सडक अवरुद्ध भएको भन्दै स्थानीय बासिन्दाको विरोध गर्दै बार भत्काएपछि केही दिनदेखि अवरुद्ध धरहराको निर्माण कार्य बार पुन लगाएर शुरु गरिएको छ ।
धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए ।


फाउण्डेशनको २ मिटरको ढलान हुने क्रममा छ । ढलान सकिएपछि धरहराको नयाँ संरचना बाहिर निकालिन्छ ।
सँगै पार्किङ्गका लागि हुलाकको भवन भत्काएर तीन तलामुनिसम्म जमिन खारेर काम शुरु गरिने मानन्धरले ललितपुर खबरसँग वताए ।
२०२० अक्टोवर ५ सम्म धरहरा बनाउने अन्तिम मिती छ । तर विभिन्न अवरोध भएको कारण समयमा बन्न सक्ने अवस्था रहेको उनले बताए । २०७३ सालको भुकम्पले भत्काएको धरहरालाई शिशामा घेरेर जस्ताको तस्तै राखिने छ । साथै सँगै २२ तलाको नयाँ धरहरा निर्माण हुनेछ । धरहरा वरपर बगैचा,पार्किङ्गलगायतको संरचना पनि निर्माण गरिनेछ ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमणपछि काम तीव्र गतिमा भइरहेको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ९ : ४० बजे