११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


देविचौर देउरालीमा भ्यू टावर बन्ने


१५ जेष्ठ २०७६, बुधबार  

0
Shares

मेयर गजेन्द्र महर्जन भ्यू टावरको शिलान्यास गर्दै ।


लपु संवाददाता

१५ जेठ ०७६, ललितपुर । ललितपुरको देविचौर देउराली डाँडामा भ्यू टावर निर्माण हुने भएको छ । बुधबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सो भ्यू टावरको शिलान्याश गरे ।
गेदावरी नगरपालिकाका साइला तामाङ्गका अनुसार भ्यूटावरका लागि एक करोड १६ लाख बजेट छुट्याइएको छ । यहाँ भ्यू टावरसँगै उद्यान पनि बन्नेछ । देविचौर देउरालीबाट ललितपुरका काँठ क्षेत्रसँगै उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
गोदावरी नगरपालिका वरपर यो सहित ३ वटा भ्यूटावर निर्माण भइरहेका छन् । देविचौर गोदावरीमा पनि भ्यूटावरको भौतिक संरचना निर्माण भइरहेको छ ।
आजकल यो ठाँउ पिकनिकका लागि परिचित छ । आजकल यो ठाँउ पिकनिकका लागि परिचित छ ।

भ्यूटावरको शिलान्याशपछि सामुहिक तस्विर खिचाउदै मेयर महर्जनलगायत ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  १० : ५९ बजे