१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


भुकम्पले नभत्केका बलिया घर (फोटोफिचर)


१७ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
१७ जेठ ०७६, कोञ्जोसोम । दक्षिण ललितपुरको नल्लु,भारदेउ,दलचोकी र शंखुलगायतका गाँउमा प्रसस्त पुराना घर छन् । २०७२ को भुकम्पले पनि भत्काउन नसकेका यी धेरै बलियो घरमा अझै मान्छे बस्छन् ।


पहाडका एकान्त कुनामा ढुंगा माटोले बनेका पुराना जस्ताले छाएका घर गोठहरु अझै उस्तै छन् । ‘यी घरहरुले गाँउको सुन्दता बढाएका छन् ।’ नल्लुका रमेश लामाले भने ।
स्थानीयहरुका अनुसार पहाडको टुप्पामा रहेको घर भुकम्पको बेला भत्किए । तर पहाडको खोचमा रहेका धेरै घर भत्केनन् ।


कोञ्जोसोम गाउ पालिका अन्र्तगत पर्ने शंखुका स्थानीय तथा वडाध्यक्ष ध्रुव घिमिरे अनुसार नयाँ घर नबनाउने धेरै घरमा स्थानीय बस्छन् । भन्छन्,नयाँ घर बनाए पनि पुरानो घरमा सामान राख्न प्रयोग भइरहेको छ ।
भारदेउका स्थानीय कमल तामाङ्गका अनुसार भारदेउमा भने सबै जसो घरमा मान्छे बस्छन् । भन्छन्, यहाँका धेरै घरहरु भुकम्पको बेला भत्केनन् । यहाँका धेरै घरहरु सुरक्षित छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  १० : ०७ बजे