६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


यसरी मनाइन्छ भोटो जात्रा


२६ जेष्ठ २०७६, आइतबार  

0
Shares

२६ जेठ ०७६, ललितपुर । आज ललितपुरमा भोटो जात्रा मनाइदैछ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो ललितपुरको जावलाखेलचोकमा राष्ट्रती विद्यादेवि भण्डारी,उपराष्ट्रती ननन्दबहादुर पुन र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्त व्यक्तित्वहरुको उपस्थितीमा अपरान्ह देखाउने कार्यक्रम छ । भोटो देखाउने कार्यक्रम आज साँझ ५ बजे राखिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।
उपत्यकाकै लामो जात्राको रुपमा मनााइने रातो मच्छिन्द्रनाथको जात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना मनााइन्छ ।
जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

भोटो जात्रा हेर्न राजधानीका किर्तिपुर,टोखा,लूभू हरिसिद्धि,ठेचो, चापागाँउ,असन इन्द्रचोक,भक्तपुरलगायतका नेवारी बस्तीहरुबाट असंख्य स्थानीयहरु आउछन् ।
भोटोजात्रा कसरी चल्यो भोटो जात्राको चलन


जनश्रृति अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न बेलामा भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गरे । जात्रामा भूत र किसानबीच भोटो तााननातान हुन थाल्यो । विवादले उग्र रुप लिएपछि राजा गुणकामदेवको अगाडि पु¥याइयो । राजाले आवश्यक प्रमाणको नहुँदा भोटो कसको हो भनेर छट्याउन सकेनन् । राजा गुणकामदेवले प्रमाण नजुटुञ्जेल भोटो मछिन्द्रनाथसँग राख्ने निर्णय गरे । यो भोटो कसको हो भन्ने आशयका साथ हरेक वर्ष जात्राको समयमा देखाउने गरे पनि प्रमाणको अभावमा कसैले पनि आजसम्म दावी नगरेपछि लगातार भोटो देखाउने चलन चलेको जनविश्वास छ ।

भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने गर्दछन् । जात्रामा प्रमुख अतिथिको उपस्थितिको बेला सिल तोडेर भोटो ददेखाइन्छ भने देखाइसकेपछि पुन भोटोलाई सिल गरेर राख्ने गरिन्छ । संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आइतबार  ८ : ०० बजे