१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भिरालो जग्गामा पनि प्लटिङ्ग शुरु


२६ जेष्ठ २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२६ जेठ ०७६, लेले । ललितपुरका लेले टिकाभैरवबाट शिखर्पा जाने बाटोको छेउमा एउटा प्लटिङ्ग देखिन्छ । पुरै भिरालो जग्गा पनि प्लटिङ्ग गरेर बीचबाट बाटो राखिएको छ । सडकमा गाडी गुड्न मुस्किल रहेको भौगोलिक अवस्था देखिन्छ । (हेर्नुस् तस्विर)
५ लाख ५ हजारमा विक्रि गरिरहेको जग्गाधनी जगतनाथ महर्जनले वताए । उनका अनुसार जग्गा १७ डिग्री मात्रै उकालो छ ।

यस्तै चापागाँउको न्यौपानेगाँउमा पनि भिरालो जग्गामा पनि प्लटिङ्ग गरिएको छ । मालपोलमा खेती योग्य जमिन कित्ताकाट गर्न अप्ठ्यारो पर्ने भए पनि पाखो बारी काट्न सजिलो हुने स्थाानीय जग्गा व्यावसायी वताउछन् ।
स्थानीय बासिन्दाहरुको अनुसार सस्तोमा पाखोबारी किनेर महँगोमा प्लटिङ्ग गरेर बिक्रि गर्ने चलन बढेको छ । गोदावरी नगरपालिकाले अनुगमन नगर्दा घर बनाउन कामै नलाग्ने भिरालो जग्गामा माटो पुरेर घरेटीको रुपमा बिक्रि वितरण भइरहेको स्थानीयको आरोप छ ।
वडाध्यक्षहरुले प्लटिङ्गका बाटो कस्तो छ भन्ने अनुगमन नगरि जग्गा घर बाटो सिफारिस दिदा समस्या पर्ने गरेको एक स्थानीयले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आइतबार  १० : ०७ बजे