१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गिम्दीमा सडक बनाउदा पानीको हाहाकार


१ असार २०७६, आइतबार  

0
Shares

बाटो बनाउने क्रममा फ्याकिएको माटोले पुरिएको मुहान । तस्विर ः ललितपुर खबर


लपु संवाददाता
१ असार ०७६, गिम्दी । गिम्दी मगरगाँउ–वाजगाँउ सडक विस्तारको क्रममा मुहान पुरिदा स्थानीय गाँउमा पानीको हाहाकार भएको छ ।
सडक खन्ने क्रममा माटो फ्याकेपछि मुहान पुरिएर ३ लाइन पानी पुरिएको स्थानीय विरवहादुर दर्गा मगरले वताए । उनका अनुसार अहिले स्थानीय ८० घर पानीबाट वञ्चित भएको छ ।
मगरगाँउ वरपर बाटो लैजादा पनि धेरैको विनास भएको तर अहिले सुविधा पुगेको तर्क गर्दै वडाध्यक्ष सञ्जेलले भने,‘अहिले बाजगाँउमा बाटो लैजादा मगरगाँउका तिरका स्थानीयलाई अप्ठयारो परेको छ । चाडै बन्छ ।’


बाटो नभएपछि भिरबाट हिड्दै स्थानीय बासिन्दा ।


गिम्दी मगरगाँउबाट बाजगाँउसम्म ५ किलोमिटर सडक विस्तार हुन लागेको हो । बाटो विस्तारपछि मोचेडाँडा,वालुवाडाँडा,शिखरथुमलगायतका गाँउका ४० घर स्थानीयलाई सुविधा पुग्ने वडाध्यक्ष नवराज सञ्जेलले वताए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ४८ बजे