१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


फरक यौन चाहना हुनेको कथा


१ असार २०७६, आइतबार  

0
Shares

१ असार ०७६,काठमाडौं । यौनको मामिलामा केही मानिसहरु जस्ता देखिन्छन, भित्र त्यस्ता हुँदैनन् भन्ने तथ्य खुलेको छ । शारीरिक बनोटको दृष्टिले, भावनात्मक दृष्टिले महिला देखिने र आफूलाई ‘महिला नै हुँ’ भन्नेहरुको पनि यौन चाहना फरक देखिएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एलजिविटिआइ समुदायको संवेदनशीलता सम्बन्धी अन्तरक्रिया कार्यक्रमका अवसरमा समलिंगी महिला लक्ष्मी घलानले भनिन, ‘म महिला हुँ तर मलाई पुरुषसँग सहवास गर्न मन पर्दैन । मलाई महिलासँगै अन्तरंग हुन मन पर्छ ।’
यौनका विष्यमा हाम्रो समाजमा उति साह्रो खुलेर गरिँदैन । यस्तै औपचारिक कार्यक्रम नै सहि, पछिल्लो समय हुने गरेको छ । वशन्तीकुमारी कडायतको अनुभवले त कार्यक्रममा सहभागीहरु सबैको ध्यान तान्यो । वशन्तीकुमारीलाई राज्यले महिलाको रुपमा चिन्दछ । नागरिकतामा पनि महिला नै उल्लेख छ । तर उनको आवाज पुरुषको जस्तो छ । अनुहारमा हल्का दाह्रीजुँगा पनि छन् । केटाको पहिरन, केटाकै शैली भएकी वशन्ती राज्यको नीतिका कारण पीडित छन् ।

वशन्तीको भनाइ छ, ‘म महिला होइन रहेछु । यो कुरा मैले मलाई, परिवारलाई र समाजलाई बुझाएँ । तर सरकारलाई बुझाउन सकिरहेको छैन । अहिले मैले मेरो नाम विपिन कडायत राखेँ । विपिनबाट मैले कहिले पहिचान पाउने ?’
लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स जस्ता फरक फरक समूह छन् । यी सबैको फरक फरक शारीरिक र मानसिक अवस्था हुन्छ । यौनिकताको विषयमा मानिसहरु खुलेर बोल्न गाह्रो मान्छन् । आफ्ना कुरा अरुलाई भन्दा बेकारमा हेला, हाँसोको पात्र बनिन्छ भन्ने डरले खुलेर भन्न उनीहरु सक्दैनन् ।

तर महिला समलिंगीहरुका लागि भने मितिनी नेपाल भन्ने संस्था नै छ । सोही संस्थाले आयोजना गरेको कार्यक्रममा डा. अजयबाबु रिजालले भने, ‘एलजिविटीआई कुनै रोग होइन भन्ने कुरा ५० वर्षअघि नै पुष्टि भइसकेको विषय हो । रोग नभएपछि उपचार गर्न पनि परेन । जो जस्तो अवस्थामा छ, उसलाई त्यसैमा सम्मानपूर्वक बाँच्न दिनु नै सही अर्थमा समावेशीता हुन्छ । परक यौनिक हुनु कसैको दोष होइन, यो सबै प्राकृतिक कुराहरु हुन् ।’
महिला र पुरुषलाई जोड्ने महत्वपूर्ण विषय यौन नै हो । तर यौनकै कुरा बुझ्न सकिएन भने जीवन बर्बाद हुन्छ । आवरण र शरिर महिलाको भए पनि सोचाई आफू पुरुष हुँ भन्नेहरु पनि हुन्छन् समाजमा । महिला नै भए पनि पुरुषप्रति आकर्षित नहुने र महिलासँगै शारीरिक सुख पाउनेहरुको जबर्जस्तै परम्परागत ढंगले विवाह गराईदिँदा ठूलो समस्या निम्तिने गरेको कार्यक्रमका सहभागीहरुले बताए ।
जबर्जस्ती विवाह गराईदिँदा विावह भएको वर्षौैंपछि पनि सम्बन्ध विच्छेद भएका कैयन घटनाहरु भएको सो अवसरमा जानकारी दिइयो ।
मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले भनिन्, ‘यदि कोही महिलाले आफूलाई पुरुषसँग सम्बन्ध राख्न रुची हुँदैन, महिलासँगै राख्छु भन्छिन् उनको चाहना र फरक यौनिकता हामीले किन अस्वीकार गर्ने ? यो कुनै विकृति होइन, रोग होइन । प्राकृतिक रुपमा केही मानिसहरुमा यस्तो अवस्था सिर्जना हुन्छ भने त्यो प्राकृतिक विषयलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने हाम्रो माग हो ।
संविधानको धारा १२ मा लैंगिक पहिचान सहितको नागरिकता पाउने, धारा १८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद गर्न नपाइने, धारा ४२ मा सामाजिक न्यायको प्रशंग उठाइएको छ । तर, व्यवहारमा यि अधिकारको कार्यान्वयन भने हुन सकेका छैनन् । यौनिक अल्पसंख्यकहरु न्याय र सम्मानका लागि संघर्षरत छन् । पव्लिक न्युज एजेन्सी

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ८ : ११ बजे