६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


पाटनको फुटपाथ फेरि उस्तै


४ असार २०७६, बुधबार  

0
Shares

लगनखेल मंगल बजारमा सडकमा राखिएको अव्यवस्थित फुटपाथ पसलहरु । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
४ असार ०७६, पाटन । ३ महिना अघि नगरपालिकाले पाटनको फुटपाथ हटाउने निर्णय ग¥यो । शहरभरि नगरप्रहरी खटिए । सडकमा सामान बिक्रि बन्द भयो । लगनखेल मंगलबजारलगायतका चोक र गल्ली खाली भयो । सवारीसाधन र वटुवालाई हिड्न सहज भयो ।
तर तीन महिना नवित्दै शहर फेरि दुरुस्तै देखिएको छ । बाटोमा पसल राख्दा हिट्ने बटुवा र सवारीसाधनलाई सास्ती भएको छ । व्यापारीहरुले सडकको बीचसम्मै समान राखेर बेच्ने गरेक छन् । मंगलबजारबाट लगनखेलसम्मको १ किलोमिटर सडक छिचोल्न गाडी चालकलाई २०÷२४ मिनेटसम्म लाग्ने गरेको छ ।

फुटपाथ लगनखेलमा मात्रै होइन पुल्चोक, जावलाखेल,सातदोवाटो ग्वार्कोलगायत शहर भरि नै विस्तार भइरहेको देख्न सकिन्छ ।
पाटनको फुटपाथ हटाउन ललितपुरका नगर प्रहरी डम्मर थापा मगरले ५ बजेपछि फुटपाथको बजार खुल्ने बताए । उनले भने,‘डिउटी सकिएपछि सबै प्रहरी घर जान्छन् अनि बजार खुल्छ ।’
लगनखेलस्थित सटरमा कपडा पसल राख्ने केदार दाहालका अनुसार फुटपाथ पसलका कारण हिड्नेलाई मात्रै असर भएको छैन । सटर भाडा र नगरपालिकालाई कर तिरेर पसल राख्ने पसलेहरुलाई धेरै समस्या परेको छ । उनी भन्छन्,‘फुटपाथमा सामान सस्तो पाइन्छ । फुटपाथे पसलेलmे हाम्रा ग्राहक भड्काइरहेका छन् ।’


नगर प्रहरी थापालाई फुटपाथका व्यापारी हटाउन मुस्किल पर्ने गरेको वताउछन् । भन्छिन्,‘आज सामान हटाएर पठायो भोलिपल्ट झोलामा बोकेर आउछन् ।’
नगरपालिका डिउटी सकिएपछि फुटपाथ राख्न पाइने भोजपुरका विरवहादुर विष्टले वताए । उनी भोला भिरेर व्यापार गर्ने भएपनि नगर प्रहरीले बस्न नदिने वताउछन् ।
चापागाँउकी सिता घिमिर भने.नगरपालिकाले फुटपाथ पसलहरुलाई विकल्प दिएर व्यवस्थित नगरेसम्म फुटपाथ खाली नहुने वताउछिन् । भन्छिन्, ‘दिनभरि काम गरेर खानु पर्ने मान्छे फुटपाथमा पसल राख्न आएका छन् । सरकारले यस्ता मान्छेलाई दुःख दिने होइन संरक्षण पो गर्नुपर्छ ।’


लगनखेलका होटल व्यावसायी सुनिल श्रेष्ठ नगर प्रहरी सडकमा भए पनि व्यापार भइरहने आरोप लगाउछन् । उनी भन्छन् , ‘नगरप्रहरी एकतिर घुम्छन् अर्कोतिर व्यापार शुरु भइहाल्छ ।’

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ८ : ५३ बजे