११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका महिलामा प्रजनन समस्या धेरै


१० असार २०७६, मंगलबार  

0
Shares

लपु संवददाता
१० असार ०७६, ललितपुर । ललितपुरमा महिलाहरुमा प्रजनन समस्या अत्याधिक देखिएको छ । राजधानीमा आयोजित अन्र्तक्रियामा महिलाहरु पाठेघरको समस्या पालेर बसिरहेको तथ्य खुलेको छ ।
ललितपुरका गाँउमा ९० प्रतिशतसम्म पाठेघरको रहेको गाँउहरु पाइएको छ । कुनै गाँउमा ४० प्रतिशतसम्म महिलाहरुमा पाठेघरको संक्रमण पालेर बसेको पाइएको छ ।
पछिल्ला वर्षहरुमा महिलाहरुले आफै विवाह गर्ने प्रचलन बढ्दै जाँदा यस्तो अवस्था देखिएको हो । कोञ्ज्योसोम गाँउपालिकामा वाल विवाह र प्रजनन स्वास्थ्यका विषयमा अनुसन्धानमा संलग्न गिता तिमल्सिनाको अनुसार वालवालिकाहरु २० वर्ष अघि नै आफै विवाह गर्ने क्रम बढेको छ । अभिभावकमा वालविलाहका विषयमा सचेतना बढे पनि वालवालिकाहरु उमेर नपुगी विवाह आफै गर्न तम्सिने कारण महिलाहरुको प्रजनन स्वास्थ्यमा गम्भिर असर परिरहेको छ ।
सामाजिक सञ्जाल र खुला समाजका कारण महिलाहरु वाल्य कालमै पुरुषहरुसँग नजिक हुने र विवाहकसम्म हुने गरेको तथ्य पनि खुलेको छ ।
२० वर्ष नपुगी विवाह गरे १ वर्ष कैद र १० हजारसम्म जरिवान हुने कनूनी व्यवस्था छ । तर वालवालिकहरु जेल बस्नु परे पनि उमेर नपुगी विवाह गर्न अड्डी कस्ने गरेको लिमल्सिनाले आफ्ने प्रतिवेदनमा उल्येख गरेकी छिन् ।
मनवअधिकार सञ्चार प्रतिष्ठानले सञ्चालन गरेको श्रृखलाबद्ध
नेपाल राष्ट्रिय मानवअधिकार श्रोत विकाशकी राधा ज्ञावालीले पनि कर्यक्रममा रिपोर्ट प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : १० बजे