९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लगनखेल–ढोलाहिटी टेम्पोमा सास्ती


१२ असार २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१३ असार ०७६, लगनखेल । अफिस जाने बेला ललितपुर सुनाकोठीकी चन्दा शर्मालाई सधै एउटै चिन्ताले सताउछ । लगनखेलसम्म कसरी जाने ?
लगनखेल ढोलाहिटी रुटमा चल्ने टेम्पोमा सधै झुण्डिएर यात्रा गर्नु पर्ने बाध्यता छ । लगनखेल चापागाँउ चल्ने बसमा खुट्टा राख्ने ठाँउ हुन्न । चन्दा भन्छिन्,‘हामी कहाँ सार्वजनिक यातयात झुर छ । तर सरकार स्मार्ट सिटीको बहसमा व्यस्त छ ।’
चन्दा मात्रै होइन सुनाकोठीका रमेश थापा पनि कार्यालय जाँदा सधै झुण्डिएरै जान्छन् । उनी बसमा कोचिनु भन्दा टेम्पोमा झुण्डिनु मजा लाग्ने तर्क गर्छन् । भन्छन्,‘ठेलमठेल बसमा खलासीको गाली खाएर कोचिनु भन्दा हावा खाँदै झुण्डिनु बेस ।’
यो रुटमा माइक्रो बस पनि चल्छ । लगनखेल बज्रवाराहीसम्म । तर ढोका लगाएर गुन्द्रुक खाँदे झै मान्छे कोचिएका हुन्छन् । बसमा पनि सहचालकले मान्छे खाँदेरै बसपार्क पु¥याउछ ।
धेरै टेम्पो चढ्ने महिलाहरु झुण्डिएर यात्रा गरिरहेका हुन्छन् ।
स्थानीय रुटमा टेम्पो चलाउने एक चालकले भने,
‘यहाँ दैनिक १०÷१२ वटा मात्रै टेम्पो चल्छन् । सरकारले समिती खारेज गरेपछि नियम लगाउने पनि कोही छैन ।’
यो रुटमा लेले लगनखेल चल्ने बस पनि छन् । कम्पनीले चलाएको टिकाभैरव लगनखेलको अर्को बज्रवाराही बस सेवा पनि छ । उता नल्लु भारदेउबाट आउने बस पनि लगनखेलसम्मै जान्छ । तर बसमा चढि नसक्नु भीड छ । सास्ती छ ।
नाम नबताउने शर्तमा एक चालक ड्राइभर हुनुको पिडा पोख्दै भन्छन्,दिनभरि रित्तै बस गुडाउनु पर्छ । साँझ विहान यात्रु नकोचे हाम्रो छाक टर्दैन ।’ उनी थप्छन्, ‘खाना खानै प¥यो । खलासी पाल्नै प¥यो । पन्ध्र सय दुई हजार दैनिक साहूलाई नबुझाए कसैले गाडी दिदैन ।’
पिच भत्केको साँधुरो बाटो यहाँको अर्को समस्या हो । धेरै ठाँउमा साइड दिने ठाँउ छैन ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  १० : ०७ बजे