११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा बाँडियो सेतोछडी


१४ असार २०७६, शनिबार  

0
Shares


१४ असार ०७६,ललितपुर । शुक्रबार ललितपुरमा नेपाल नेत्रहीन संघ ललितपुरले सेतोछडी वितरण गरेको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा सेतोछडी वितरण गरिएको हो । संघका जिल्ला अध्यक्ष पर्वतराज विष्टले ६५ जना दृष्टिविहीनलाई वितरण गरेको जानकारी दिए ।
अध्यक्ष विष्टका अनुसार ललितपुरमा अहिले ४५० जना दृष्टिविहीन छन् । नेत्रज्योति संघले बेला बेलामा विभिन्न संघसंस्था र स्थानीय तहसँगको सहयोग र समन्वयमामा दृष्टिविहीनलाई सेतोछडी वितरण गर्दै आइरहेको छ ।
पूर्वअर्थराज्यमन्त्री तथा ललितपुरका नेता उदय शम्शेर राणाले दृष्टिविहीनहरुलाई सेतो छडी वितरणपछि बोल्दै दृष्टिविहीनको समस्या राज्यले हेर्नुपर्ने विचार व्यक्त गरे । उनले भने, ‘राज्यले फरक क्षमता भएकाहरुको रोजगारी र शिक्षालाई प्राथमिकता दिएर उनीहरुको जीवनमा सहजता ल्याइदिनु पर्छ ।’

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ७ : ३० बजे