१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


हराउदै खोकनाको तेल पेल्ने कोल


१७ असार २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
१६ असार ०७६, खोकना । पुरानो प्रविधिबाट तेल पेल्ने कोल हराउने अवस्थामा पुगेको छ । अहिले खोकनामा गावु ज्यास र सिकाली बहुउद्देश्यीय सहकारीले चलाएको मिल मात्रै चालु छ । सिकालीको कोल भने कहिले काँही मात्रै चल्छ ।
३५ वर्ष अघिसम्म खोकनामा चार वटा कोल चलेका थिए । २०४३ सालबाट नयाँ प्रविधिको तेल पेल्ने स्पिलर मेसिन आएपछि खोकनामा सबै मिल हरु बन्द भए । सिकाली बहुउद्देश्यीय सहकारी संस्थाले अझै कोल राखेको छ । तर यो कोल बत्ती नआएको बेलामा मात्रै चल्ने मिलका विपिन डंगोलले बताए ।


गावु ज्यास तेल मिलमा भने कोल चलाइन्छ । कोलका सञ्चालक कान्छा महर्जन भन्छन् ‘कोल मात्रै चलाउने हो भने कारखाना घाटामा जान्छ ।’ उनका अनुसार श्रमशक्ति भन्दा विजुली सस्तो छ । सजिलो छ । तेल पेल्न स्पिलर मेसिन चलाउदा नै नाफा हुन्छ ।
‘खोकनाको पुरानो व्यावसाय नै तेलको व्यापार हो’ भन्छन् स्थानीय रविन महर्जन । कोलबाट तेल पेलेर शुद्ध तेल बेच्ने हो भन ेलिटरको ४ सयमा पनि बेच्न नसकिने महर्जन बताउछन् ।

स्पिलर मेसिनबाट तेल पेल्न शरिरीक श्रम पर्दैन । स्पिलर तेल मिलबाट सबै तेल निकाल्न सकिने हुँदा कोल हराउने अवस्थामा पुगेको महर्जन वताउछन् ।
कोल हराउनुको अर्को कारण काम गर्ने जनशक्तिको अभाव पनि हो ।
वर्षैअघि खोकनाका स्थानीयले एक एक मोहोर जम्मा गरेर कोल स्थापना गरेको थिए । २०४३ सालदेखि ०६९ सम्म यो कोल बन्द भएको थियो ।


कान्छा महर्जनले ६ वर्षअघिदेखि कोल चलाइरहेका छन् । गावु ज्यासका कान्छा महर्जनले शम्सेर मगर र अनिल महर्जनलाई रोजगारी दिएका छन् । तोरी चाल्ने तेल प्याक गर्ने अरु ज्यालादारी कर्मचारी पछि छन् ।‘कोलमा पेलेको यो तेल महँगो छ । लिटर कै २५० पर्छ । कान्छा महर्जन भन्छन् ।’


प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : २१ बजे