११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


दल्चोकीको रमाइलो, मनसुनी मौसम (तस्विरहरु)


२१ असार २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
२१ असार ०७६,दल्चोकी । दक्षिण ललितपुरको पर्यटकीय स्थल दल्चोकी । प्रकृति प्रेमीहरुको रोजाईको गन्तव्यको रुपमा विकाश भइरहेको छ ।
मनसुन लागेपछि पर्यटकीय गतिविधि ठम्पप्रायः हुन्छ । तर दलचोकीमा मनसुन सिजनमा झन् रमाइलो हुन्छ । पछिल्लो समय हरियाली पहाडका चुचुरा हेर्न दल्चोकी लस्कर लाग्ने गरेको जयन्त भट्ट वताउछन् ।


के हिउँद के बर्षा दल्चोकीको मौसम उत्तिकै सुन्दर छ । पहाडका थुम्कामा रुवा झै वादलका टुक्रा छरिदा स्वर्गीय आनन्द अनुभव हुन्छ । कोलाहलपूर्ण राजधानीको वातारणमा हुर्केका जो कोही दल्चोकीको शान्त वातावरणमा राजधानीको रमणीय दृश्य हेर्दै धुम्धुम्ती दिन विताउनुको मज्जा बेग्लै छ ।
प्रकृतिप्रेमी समूहको निरोगाधाम आश्रमका पाहुना दल्चोकी घुम्दै गरेका भेटिन्छन् । छुट्टीको दिन मोटरसाइकलमा पहाडतिर हुँइकिने बानी परेका राजधानीबासीको बसाई दल्चोकी नै हुने गरेको छ ।


दल्चोकीको मौसम दिनमा ४ पल्ट बदलिन्छ भन्छन् दल्चोकी राइजिङ्ग होमस्टेका सञ्चालक शेखर कार्की । भन्छन्, ‘आजकल विहान घमाइलो र न्यानो हुन्छ । दिउँसो कुइरो लाग्छ, चिसो चिसो हुन्छ । दल्चोकी डाँडामा साँझ सिरसिर हावा चल्छ । आजकल दिनभर कुनै न कुनै पानी पर्छ ।’
कसरी जाने 
दल्चोकी जान सझिलो छ । सातदोवाटोबाट चापागाँउ,लेलेतर्फ अघि बढ्नुस् । लेले नपुग्दै टिकाभैरवबाट कान्ति लोकपथको बाटो भेटिन्छ । बाटो नछोडी भट्टेडाँडातर्फ लाग्नुस् । कालोपत्रे बाटो छ । मल्ल होटलबाट १ किलोमिटर अगाडि बढेपछि जंगलको बीचमा विर्केधारा पुगिन्छ । यहाँबाट उकालो बाटो अघि बढ्नुस् । दल्चोकी पुगिन्छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : ०९ बजे