६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुमन दम्पतीले कोरे पाटनमा सुन्दर चित्र


२६ असार २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
२४ असार ०७६, मंगलबजार । पाटन दरवार परिसरमा सुमन चित्रकार दम्पतीले द्वारपालेको रुपमा पुजिने खड्गपानी र बज्रपानीको चित्र कोटेका छन् । सुमन चित्रकार र उनकी श्रीमती मेनुका चित्रकारले यो चित्र ८ दिनमा कोरी सिध्याएका हुन् । पाटन दरवार निर्माण भएको बखत ३७८ वर्षअघि नै यो चित्र कोरिएकोे थियो ।
केही वर्षअघिदेखि यहाँ चित्र थिएन । केही बर्षअघि सरकारले धान दिएर यो चित्र कोर्न लगाउथ्यो । यो पल्ट सुमन दम्पतीले ८५ हजार लिएर यो चित्र कोरेका हुन् ।


पाटन संग्रालयको संग्रालय अधिकृत काजी प्याकुरेलका भनाई अनुसार
पाटनको यो चित्र चित्रकार गुठीले कोर्ने चलन छ । सुमन दम्पती नेवारी संस्कृतीमा आधारित विभिन्न चित्र कोर्छन् । उनी रातोमच्छिन्द्रनाथ रथमा प्रयोग हुने चक्कामा पनि चित्र कोर्ने गरेका छन् ।
पाटन दरवार हेरचाह कार्यालयका प्रमुख सञ्जीव खनालका अनुसार भुकम्पपछि रोकिएको यो चित्र कोर्ने परम्परा फेरि शुरु गरिएको हो ।
खनालले भने,‘अमूर्त कलालाई प्रवद्र्धन गर्न र पाटन दरवारको आर्कशण बढाउन चित्र कोरिएको हो ।’
संग्रालय अधिकृत सुरेश लाखेले नगरपालिकाको बजेटमा चित्र कोरिएको जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  १० : ४० बजे