६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरको बजेट १ अर्व ५० करोड


२६ असार २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
६ असार ०७६, बज्रवाराही । गोेदावरी नगर सभाले १ अर्व ५० करोड ३६ लाख ६४ हजार बराबरको अनुमानित आय व्यय पारित गरेको छ । विहीबार नगरको केन्द्र बज्रवाराहीमा आयोजित कार्यक्रममा नगर प्रमुख गजेन्द्र महर्जनले आर्थिक वर्ष २०७६÷७७ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
बजेट प्रस्तुत गर्नुअघि संघीय सांसदद्वय नवराज सिलवाल,पम्फा भुसाल,पुर्वसासंदद्वय सुशीला नेपाल,उदय शम्शेर राणा सँगै नगर प्रमुख गजेन्द्र महर्जनले बजेट कार्यक्रम सार्वजनिकीकरण गरेका थिए ।

सभाले नगरस्तिरिय बजेट, योजना तथा कार्यक्रम अन्र्तगत ५० करोड ९९ लाख ६४ हजार खर्च गर्नेछ । वडा सञ्चालन तथा वडास्तिरिय योजना तथा कार्यक्रमका लागि १४ करोड ७० लाख बजेट छुट्याइएको छ। सडक बोर्डको ५० लाख,संस्कृती तथा पर्यटन मन्त्रालयको ५० लाख,प्रदेश शशर्त अनुदान७ करोड,संर्घय समपुरक अनुदान ३ करोड,संघीय विशेष अनुदान,३ करोड,जिससबाट ३ करोड लागत सहभागिता ३ करोड चालु खर्च सामाजिक सुरक्षा एवं प्रदेश फिर्ता समेत ६२ करोड ६७ लाख संञ्चित कोषबाट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ५ : ०६ बजे