१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुलेखानी भरिएपछि आश्राङ्ग प्युटारमा चिन्ता


३० असार २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
३० असार ०७६, काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ । ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकालिँदै छ । ड्याम खोलेर पानी पठाउदा स्थानीय बस्तीमा पानी पस्ने त्रासले केही दिन अघि बाढीले त्रसित दक्षिण ललितपुरका आश्राङ्ग प्युटार माल्टा गिम्दीका स्थानीय चिन्तित छन् ।
कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भएकाले जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । कुलेखानीको पानी कुलेखानी खोला हँुदै वाग्मती खोला भएर बग्छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ११ : २१ बजे