६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वागमतीले बाढीपिडितलाई १ लाख राहत दिने


२ श्रावण २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१ साउन ०७६, ललितपुर । दक्षिण ललितपुरको वागमतीे गाउँ कार्यपालिकाको आकस्मिक बैठकल गतहप्ता आएको बाढी पीडित परिवारलाई तत्काल राहत उपलव्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले मृत्यु भएका परिवारलाई प्रति परिवार रु. १ लाख ५ हजारका राहत दिने निर्णय गरेको हो । गाउँपालिकाले पहिरो तथा डुबानमा परी घाइते भएका लाई अवस्था हेरी ५० हजारसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
गतअसार २१ गतेबाट परेको अविरल बर्षाका कारण पहिरोले पुरिएर बागमती गाउँपालिका वडा नम्बर २ माल्टाका सरोज जिम्बा र वडा नम्बर ७ गिम्दीकी सीता राना मगरको मृत्यु भएको थियो ।
गाँउपालिकाको बैठकको निर्णण अनुसार पहिरो र बाढीका कारण घरबार विहीन भई विस्तापित परिवारलाई प्रतिपरिवार रु.५० हजार दिने पनि निर्णय भएको छ । पहिरोका कारण आंशिक क्षति भएका परिवारलाई प्रतिपरिवार ३० हजार, र गोठ मात्र क्षति भएका परिवारलाई रु २५ हजार दिने निर्णय भएको छ ।
पशुपन्छी पुरिएका परिवारलाई अवस्था हेरेर २० हजार,१० हजार र ३ हजार दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  १२ : ०७ बजे