११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अवरुद्ध दक्षिण ललितपुरका सडक खुल्दै


४ श्रावण २०७६, शनिबार  

0
Shares

कान्तिलोकपथको पहिरो हटाउदै डोजर । तस्विर ः दिपक घिमिरे समिर

लपु संवाददाता
४ साउन ०७६, चापागाँउ । एक हप्ताअघिको विनासकारी बाढीको चपेटामा परेको दक्षिण ललितपुर अझै तङ्गरिन सकेको छैन । अवरुद्ध सडक, विद्युत र संचार आंशिक खुलेको छ । तर गाँउको जनजीवन अझैं कष्ठकर रहेको सथानीय बासिन्दा बताउछन् ।
प्युटारस्थित कालीदेवि उमाविका प्रधानाध्यापक ठाकुर लामाका अनुसार सडक अवरुद्ध हुँदा गाँउमा नून तेल किन्न पाउन छोडेको बताउछन् । भन्छन्, ‘गाँउका दूध फ्याक्नु परिरहेको छ । तरकारी कुइएर घाटा ।’
गाँउमा ठूलो समस्या त विरामी शहर लैजादा हुने ठाकुरको भनाई छ ।
ठूलादुलुङ्गका रामहरि घिमिरेको समस्या पनि उस्तै छ । उनी गाँउको तरकारी शहर लैजान नपाउदा घाटा भइरहेको उनी वताउछन् । उनी भन्छन्, ‘गाँउको दूध बिक्रि नहुँदा आर्थिक समस्या पर्दै गएको छ ।’
कान्तिलोकपथमा कतै कतै गाडी भने गुडिरहेको छ । काल्चेबाट कार्की बाससम्म पिकअप गुड्छ । आधा घण्डा हिडेपछि झाक्रिडाँडाबाट फेरि गाडी पाइन्छ । समस्या त प्युटार आश्राङ्गमा छ ।
दक्षिण ललितपुरका विजुली नहुँदा अर्को समस्या थपिएको छ । सडकनजिक रहेका विजुलीको पोल पहिरोले लगेपछि गाँउमा विद्युत् अवरुद्ध छ । ठाकुर लामाका अनुसार तार जोडेर अस्थायी उपाय लगाए पनि विजुली आउने र जाने कुनै भर छैन । विजुली नहुँदा टेलिकमको टावरमा समस्या छ । उनी भन्छन्,‘चाहिलेको बेला फोन लाग्दैन । नचाहिने बेला लाग्छ ।’
कान्तिलोकपथ सडक सुचारु गर्ने क्रममा आज बेलुकासम्म भालुखोलामा ट्रयाक बनाएर सुचारु हुने स्थानीय दिपक घिमिरे समिरले बताए । उनले भने ‘२ दिनुअघि नै काल्चेसम्म बाटो बनिसकेको छ । समस्या त प्युटार आश्राङ्ग गिम्दीमा हो ।’
वागमती गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चनले प्युटार आश्राङ्गको बाटो १÷२ दिनमा बनाउन शुरु गर्ने वताए । उनले भने, ‘खानीखोलाको पुलमा समस्या छ । त्यो बनाएपछि गाँउतिर धेरै बाटो बिग्रेको छैन ।’
माहाँकाल गाँउपालिकाका अध्यक्ष रामचन्द्र दाहालका अनुसार नल्लु कतवनभञ्ज्याङ्ग सडक हुँदै चन्दनपुरसम्म अहिले सुचारु भइसकेको छ । उनी भन्छन्, ‘मध्यमार्गी सडकमा ज्यादै पहिरो छ । त्यो सडक हामी अहिले बनाउदैनौं । कालेश्वर ठुलादुलुङ्ग सडकमा काम भइरहेको छ । कहिलेसम्म बन्छ यसै भन्न सकिन्न ।’
माहाँकाल वडा नं. ३ का वडाध्यक्ष गंगाराम तिमल्सिनाका अनुसार शुक्रबारबाट नमनसम्मको सडक सुचारु भइसकेको छ । चन्दनपुर ठुलादुलुङ्ग सडक पनि २ दिनमा खुल्ने उनको अनुमान छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ७ : ५२ बजे