१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वडाध्यक्ष कार्कीको धापाखेल विकासका ९५ योजना


१० श्रावण २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
१० साउन ०७६, ललितपुर
। ललितपुर माहानगरपालिकाको २४ नम्बर वडाध्यक्ष दिनेश कार्कीले धापाखेल क्षेत्रको विकासका लािग विभिन्न ९५ वटा विभिन्न योजना सार्वजनिक गरेका छन् । योजनाहरु बुँदागत रुपमा राखेर प्रस्तुत गरिएको भए पनि बजेट भने उल्लेख गरिएको छैन । सार्वजनिक कार्यक्रमका लागि बजेटको आय व्यवको रुपरेखा पनि छैन ।
वडाध्यक्ष कार्कीले शुक्रबार धापाखेलको नागदहस्थित एक रिर्सोटमा पत्रकार सम्मेलन आयोजना गरि योजना सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको योजनामा सडक निर्माण र स्तरोन्नतीलाई पहिलो बुँदामा राखेएको छ । पर्यटन प्रबद्धन,रोजगारी,वातावरण संरक्षण, शासन र प्रभावकारी सेवाजस्ता कार्यक्रमलाई जोड दिने बताइएको छ ।
कार्कीले कार्यक्रममा २ करोड ७५ लाखको बजेट रहेको मौखिक जानकारी दिएका छन् । ललितपुर महानगरको असार ३१ को नगरसभाबाट पारित बजेटको आधारमा कार्कीले वार्षिक योजना सार्वजनिक गरेका हुन् ।
उनका योजनाहरुमा टोल सूधार समितिको भवन निर्माण,सीप विकास भवन, व्याडमिण्टन कवर्ड हल निर्माण, सामुदायिक तिनकुने पोखरी संरक्षण, वडाका विभिन्न सडकहरुको स्तरोन्नती, विभिन्न स्थानहरुको बाटोमा व्लक छाप्ने जस्ता कार्यक्रम छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : २६ बजे