६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको उन्युचौरमा विद्युत् सवस्टेशन बन्ने


१४ श्रावण २०७६, मंगलबार  

0
Shares


पु संवाददाता
१४ साउन ०७६, ललितपुर । दक्षिण ललितपुरको विद्युत् भार कम गर्न र विद्युत् वितरण प्रणाली चुस्त बनाउन कोञ्ज्योसोमको उन्युचौरमा विद्युत् सवस्टेशन बन्ने भएको छ ।
ललितपुर विद्युत् वितरण केन्द्र लगनखेलका प्रमुख विरेन्द्रकुमार सिंहले उन्युचौरमा सवस्टेशन निर्माणका लागि योजना बनाएर पेश गरेको जानकारी दिए । उनले भने, ‘योजना बनाएर पेश गरेका छौं । बजेट निकासा भएमापछि काम शुरु हुन्छ ।’
सिंहका अनुसार नेपाल विद्युत् प्राधिरकणले बजेट विनियोजन गरे अनुसार काम हुनेछ । उनले भन,े ‘बहुबर्षिय योजना बनाएर बजेट विनियोजन भए काम ढिला हुन्छ । पर्याप्त बजेट आए काम चाडै सकिन्छ ।’ उन्युचौरमा सबस्टेशन रुपमा विकाशपछि त्याहाबाट साना साना फिडरहरु निकालेर भट्टेडाँडादेखि आश्राङ्ग प्युटारसम्म, नल्लु भारदेउदेखि टिकाभैरवसम्म र गोटिखेल चन्दनपुरहुँदै ठुला दुलुङ्गसम्म लैजाने योजना रहेको प्रमुख सिंहले जानकारी दिए ।
दक्षिण ललितपुरका माहाकाल, कोञ्ज्यासोम र वागमती गाँउपालिका र गोदावरी नगरको देविचौरमा दक्षिण ललितपुर विद्युत् सहकारी मार्फत लगनखेलब विद्युत् केन्द्रबाट विजुली वितरण भइरहेको छ । लगनखेलबाट ललितपुर महानगरपालिकाका विभिन्न भूभाग, गोदावरी नगर र महालक्ष्मीको लभू लामाटारसम्म विजुली वितरण भइरहेको छ ।
ललितपुरको हरिसिद्धि र ठेचोमा सवस्टेशन निर्माण गर्ने योजना रहेको भए पनि जग्गाको मुआव्जा विवादले काम हुन सकेको छैन । थानकोट चापागाँउ भक्तपुर प्रशारण लाइन विस्तारमा स्थानीयबासीको अवरोधले काम हुन नसक्दा याहाँका सवस्टेशन निर्माणमा ढिलाई भइरहेको हो ।
लगनखेलबाट मकवानपुरको सिमा ठिङ्गगनसम्म विद्युत वितरण गर्दा बेला बेलामा समस्या आएको कारण दक्षिण ललितपुरका सवस्टेशनको आवश्यत्ता भएको हो । दक्षिण ललितपुरमा विद्युत् अवरुद्ध हुँदा मर्मत सम्भार नहुँदा यहाँका स्थानीय बासिन्दाले समस्या भोग्नु परेको छ ।
चापागाँउ विद्युत् उप–वितराण केन्द्र प्रमुख बद्री प्याकुरेलले सवस्टेशनको अभावमा लगनखेलको टाढा लैजादा बेला बेलामा विद्युत् अवरुद्ध हुने गरेको बताए ।
काठमाडौं उपत्यकाकै ठूलो विद्युत् वितरण केन्द्र रहेको यस केन्द्रमा ६५ हजार ग्राहक छन् ।
उन्युचौरमा केही समयअघिसम्म विद्युत् प्राधिकरणकोे स्विचीङ्ग स्टेशन थियो । यो स्टेशन अहिले चालु अवस्थामा छैन ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : ०९ बजे