८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


अलपत्र अस्पताल, घाम ताप्दै कर्मचारी


२४ श्रावण २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२३ साउन ०७६, चापागाँउ । ललितपुर चापागाँउमा स्थापना भएको ललितपुर जिल्ला अस्पताल सञ्चालनमा आउन नसक्दा अलपत्र परेको छ । अस्पताल सञ्चालनमा नआउदा अस्पतालका कर्मचारीहरु दिनभर घाम तापेर घर फर्कन बाध्य छन् भने जिल्ला अस्पतालले दिने विभिन्न सुविधायुक्त उपचार नपाउँदा ललितपुरबासीहरु अन्यायमा परेका छन् ।
तत्कालीन मन्त्री गगन थापाले पाटन अस्पतालले जिल्ला अस्पतालको सुविधा दिइरहेको अवस्थामा जिल्ला अस्पताल चापागाँउमा स्थान्तरण गरिएको मन्त्रीस्तरिय निर्णय गरेका कारण चापागाँउमा जिल्ला अस्पताल आएको हो । मन्त्रीस्तरिय निर्णयमा अस्पताल स्थानान्तरण गर्ने भन्ने मात्रै निर्णय उल्येख भएको र अरु के गर्ने भन्ने निर्णय नभएको कारण अन्यौल बढेको कर्मचारी वताउछन् ।


बज्रवाराही सामुदायिक अस्पताल र पाटन जिल्ला अस्पताल एकै ठाँउमा रहेको हुँदा दुवै सरकारी अस्पताल एउटै ठाँउमा फरक फरक व्यवस्थापनमा सञ्चालन गर्न पनि सकिने अवस्था छैन । चापागाँउ सामुदायिक अस्पतालमा रहेका कर्मचारीलाई पाटन जिल्ला अस्पतालमा कसरी समायोजन गर्ने भन्ने कठीनाईका कारण जिल्ला अस्पताल सञ्चालन गर्न कठीन भएको हो ।
केही दिनअघि मन्त्री परिषद्ले १५ शैयाको बज्रवाराही चापागाँउ जिल्ला अस्पताल सञ्चालन गर्ने निर्णयसँगै २८ जनाको दरवन्दी स्वकिृत गरेपछि अस्पताल सञ्चालन हुन्छ कि भन्ने आशा बढेको छ । यसअघि स्वीकृत पाटन जिल्ला अस्पताल २५ शैयाको सञ्चालन गर्ने निर्णय भएको थियो ।

मेयर गजेन्द्र महर्जनले का अनुसार निर्णयको चिठी आउन बाँकी छ । मेयर महर्जनले भने, चिठी आएपछि अस्पताल सञ्चालन हुन्छ । मेहर महर्जनको भनाईमा बज्रवाराही सामुदायिक अस्पताललाई बज्रवाराही चापागाँउ जिल्ला अस्पतालमा मर्ज गरेर सञ्चालन गरिनेछ । अस्पतालका कर्मचारी व्यावस्थापन गरेर अघि बढ्ने योजना रहेको मेयर महर्जनले बताए ।
अस्पतालका कर्मचारी अनुसार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जिल्ला अस्पतालका कर्मचारीलाई चापाँगाउ सामुदायिक अस्पतालमा काम गर्न पटक पटक आग्ह गरे पनि जिल्ला अस्पतालका लागि नियुक्त कर्मचारी सामुदायिक अस्पतालमा काम गर्न चाहेनन् ।
जिल्ला अस्पतालसँगै रहेको बज्रवाराही सामुदायिक अस्पतालले भने विरामीलाई सेवा दिइरहेको छ । गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मधुराम केसी दुवै अस्पताललाई जोडेर जिल्ला अस्पतालको संयोजकत्वमा विकाश समिती मार्फत सामुदायिक अस्पताल सचालन गर्न सकेको भए राम्रो हुने वताए । संयोजक केसीले भने,अस्पतालको छलफलमा हामीलाई बोलाइएन । स्वास्थ्यसम्बन्धि हामीलाई केही कुरा थाहा थियो ।’ जिल्ला अस्पताल आए पनि सञ्चालन नहुँदा सुविधा नपाएको भन्दै स्थानीय बासिन्दाहरुले गुनासो गरिरहेको अस्पतालका कर्मचारीहरु वताउछन् ।


पाटन जिल्ला अस्पताल प्रदेशले सञ्चालन गर्नुपर्ने कार्यभार थियो । प्रदेशमा पाटन जिल्ला अस्पतालको नाम छुटेपछि यो अस्पताल चल्न नसकेको मेयर महर्जनले जानकारी दिए ।
अस्पताल सञ्चालन हुन नसकेको विषयमा स्वास्थ्य मन्त्रालय जानकार हुँदा हुँदै अस्पताल सञ्चालनको कुनै पहल नगरेको स्वास्थ्यकर्मीहरुले गुनासो गर्दै आएका छन् ।
अस्पतालमा ५ जना डाक्टर छन् । यस अस्पतालमा कुल २८ जना कर्मचारीको दरवन्दी छ । स्वास्थ्यका कर्मचारीहरुको समायोजन नहुँदा अहिले भने १८ जना मात्रै हाजिर छन् । कर्मचारीहरु ऋस्पतालमा सधै आउदैनन् । आलोपालो अस्पतालमा आउने र एकै पल्ट हाजिर गर्ने गरेको अस्पतालमा भेटिएका एक डाक्टरले बताए ।
दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउमा रहेको पाटन जिल्ला अस्पताल छम्पी,ढुकूछाप,लेले,बढीखेल,झरुवाराशी,ठेचोलगायत वरपरका गाँउहरुको पनि पायक पर्छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ११ : ५८ बजे