११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मुआव्जा नदिदा ललितपुरका सडक विस्तार अलपत्र


२९ श्रावण २०७६, बुधबार  

0
Shares

चापागाँउ सडक । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२७ साउन ०७६, ललितपुर । सरकारले सडक विस्तारका लागि आवश्यक बजेट नछुट्याउदा ललितपुरका सडक विस्तार आयोजनाहरु अलपत्र परेका छन् ।
सरकारले नख्खु भैसेपाटी,सातदोवाटो चापागाँउ,सातदोवाटो गोदावरी,ग्वार्को लूभू लामाटार र लगनखेल सातदोवाटोसहित ५ वटा सडक विस्तारको काम गरिरहेको छ ।
०७५÷७६ अर्थिक वर्षमा काठमाडौं उपत्यका विकाश प्राधिकरणले लगभग २ करोड ५० लाख र सडक विभागले ४४ लाख क्षतिपूर्ति दिएको ललितपुर आयुक्त दिनेशकृष्ण पोते बताउछन् । सैवु भैसेपाटी,सिद्धिपुर र चापागाउलगायत सडकका घरहरु भत्काएर पैसा दिएको उनको भनाई छ ।
सरकारबाट थोरै पैसा आएकोले सडक विस्तारको काम गर्न कठीन भएको उनको भनाई छ । उनी भन्छन्,‘थप बजेट ल्याउने कुरा भइरहेको छ । सासंदज्यूहरुले पनि पहल गरिरहनु भएको छ ।’
अघिल्लो सात सरकारले सडक विस्तारका मुआव्जा वितरणका लागि ५० लाख छुट्टाएकोमा पछि थप २ करोड निकासा भएको थियो ।

सिद्धिपुर सडक


गतवर्ष सिद्धिपुरमा प्रधिकरणले ८ वटा र सडक विभागले ४ वटा घरलाई क्षतिपूर्ति दिएको इन्जिनियर महर्जन वताउछन् । उनी भन्छन् , हामीले प्याङ्गगाँउ टाहाखेल सडकमा पर्ने ५ वटा घरलाई पति मुआव्जा वितरण गरिसकेका छौं ।
ललितपुरमा सवोच्च अदालतको फैसला अनुसार सडक विस्तारको क्रममा १ हजार भन्दा धेरै घरहरुलाई मुआव्जा वितरण गर्नुपर्ने अवस्था छ भने सयभन्दा धेरै परिवारहरु विस्तापितमा पर्ने हुँदा जग्गाको समेत मुआव्जा दिनु पर्ने अवस्था छ । तर सरकार बजेटको अभाव देखाउदैे २÷४ वटा घरलाई मात्रै मुआव्जा पैसा दिएर बसेको छ ।

गोदावरी सडक अन्र्तगत बाँडेगाँउ


यो बर्ष सरकारले मुआव्जाका वितरणका लागि यो वर्ष १ करोड मात्रै छुट्टाएको इन्जिनियर महर्जन वताउछन् । उनी भन्छन्,‘यो बजेटले १० वटा घरलाई पनि मुआव्जा दिन पुग्दैन ।’

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : १६ बजे