१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जहाँ पाइन्छ १० रुपैयाँमै चिया


५ भाद्र २०७६, बिहिबार  

0
Shares

प्याङ्गगाँउमा बनेको चिया ।

लपु संवाददाता
६ भदौं ०७६, प्याङ्गगाँउ । जहाँ त्याही महँगी छ । १० रुपैयाँले केही आउदैन । यस्तै गुनासो सुनिन्छ । हुन पनि हो – १ सय रुपैयाँले एक छाक तरकारी आउदैन । १ हजारले झोला भरिन्न ।
तर ललितपुरको प्याङ्गगाँउ बस्तीमा १० रुपैयामै बाक्लो दूध चिया पाइन्छ । अचम्मको कुरा, केही महिना अघिसम्म यो चिया ५ रुपैयाँमै पाइन्थ्यो । स्थानीय चिया पसले रुपा महर्जन भन्छिन्, ‘१ वर्ष भयो भाउ बढाएको ।’


कालो चिया खान यहाँ ५ रुपैया मात्रै खर्च गरे पुग्छ ।
प्याङ्गगाँउ बस्तीमा एउटा पसलमा मात्रै होइन यहाँ झण्डै दर्जनको संख्यामा सस्तो चिया पसल छन् । यहाँका भिमसेन महर्जन,राधाकृष्ण महर्जन, बुद्ध महर्जन र गोपाल महर्जन र किशोर महर्जनको पासलमा पनि उत्तिकै मूल्यमा चिया खुवाउछन् । जहाँ गयो त्याही १० रुपैयामा मिठो चिया पाइन्छ ।
सस्तो चिया खुवाउने होटलवालाहरु भने १ लिटर दूध किन्न ९० रुपैया खर्चन्छन् । चिनी ८० रुपैयाँ किलो,चियापत्ती ३५० प्रतिकिलो अनि ग्याँस किन्न प्रतिसिलिण्डर १४२५ । यहाँ चिया खाने स्थानीय मात्रै आउने हाकुसिंह वताउछन् । भन्छन्, ‘कहिले काही बाहिरका भन्छे आउछन् । नत्र याहाकै भर हो ।’

चिया तयार गरेपछि होटलवाला हाकुसिंह महर्जन । तस्विरहरु ः ललितपुर खबर


बस्तीमा होटल चलाइरहेकी रुपा बच्चा बच्चीलाई विहान चिया बिस्कुट खुवाउन खर्च पुगेको बताउछिन् । अर्का होटलवाला हाकुसिंह महर्जन आफूलाई ज्यादै थोरै नाफा रहेको गुनासो पोख्दै भने, ‘के गर्नु मोल बढाए कोही चिया खान आउदैन ।’

पसलमा चिया खाँदै स्थानीय

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार  ११ : ०७ बजे