१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उन्युचौर सवस्टेशनको जग्गा विवाद विद्युत् सहकारीले मिलाइदिने


६ भाद्र २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
६ भदौं ०७६, चापागाँउ । दक्षिण ललितपुरको शंखुस्थित उन्युचौरमा बन्ने विद्युत् वितरण प्रणाली सवस्टेशनका निर्माणको लागि जग्गाको व्यवस्थापनको जिम्मा लिन दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी तयार रहेको वताएको छ ।
पहाडी क्षेत्रमा जग्गाको विवाद खासै नरहेको बताउदै ग्रामीण सहकारीका अध्यक्ष गोविन्द बजगाईले प्रशारण लाइन र सवस्टेशनको जगगा व्यवस्थापनमा सघाउनआफूहरु तयार रहेको बताए ।
दक्षिण ललितपुरका पहाडी क्षेत्रमा जग्गा उपत्यकाभन्दा सस्तो र घर घरेटी प्रयोजनका लागि उपयोग नहुने हुँदा समस्या नरहेको उनको तर्क छ । उनले भने, ‘स्थानीयबासीको बारी र जंगलबाट तार टाग्न समस्या छैन ।’
विद्युत् प्राधिकरण ललितपुरले उन्युचौरमा विद्युत् सवस्टेशन निमार्णका लागि केन्द्रमा योजना पेश गरेपछि विद्युत् प्रशारण लाइन विस्तारको विषय बहसमा आएको हो ।
विद्युत सहकारीका अध्यक्ष गोविन्द वजगाई उपत्यका आसपासका पहाडी क्षेत्रमा विद्युत् प्रशारण लाइन विस्तार गरेर शहरमा लैजाने महत्वपूर्ण विकल्प भएको वताउछन् । भन्छन्, ‘ललितपुरको नल्लु, भारदेउ,दलचोकी र उन्युचौरजस्ता सस्ता जग्गा भएको ठाँउमा विद्युत् प्रशारण लाइन बनाउन सकिन्छ ।’
शंखुमा प्रशारण लाइन निर्माण गर्न सके चापागाँउ ठेचो गोदावरीसम्मको विजुली लाइनको भार उन्यूचौरले थेग्नसक्ने वजगाई बताउछन् । भन्छन्, ‘दक्षिण मकवानपुर र काभ्रेको पहाडी क्षेत्र समेत उन्युचौरको प्रशारण लाइनले थेग्न सक्छ ।’
थानकोट–चापागाँउ–भक्तपुर प्रशारण लाइनको काम जग्गा विवादका कारण बन्न नसक्दा अहिले उपत्यका सहित दक्षिण ललितपुरमा विजुली बत्तीमा समस्या छ । पुराना विद्युत् वितरण प्रणाली, कम क्षमताको पुरानो सवस्टेशनको कारण विद्युत् प्रशारणमा समस्या छ । आजकल आपूर्ति बढ्दा लाइनले भार थेग्न नसक्दा दिनको ५÷७ पल्ट विजुली जाने आउने भइरहेको छ ।
काठमाडौं उपत्यकामा जग्गा विवादका कारण लामो समयसम्म विद्युत् प्रशारणलाइन बन्न नसकेको सन्र्दभमा पहाडी क्षेत्रका नल्लु भारदेउ र लेलेजस्ता पहाडी इलाकामा सवस्टेशन निर्माण गर्न सकिने उनी वताउछन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ८ : ५५ बजे