६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


आधुनिक प्याङ्गगाँउका पुराना दृश्य


७ भाद्र २०७६, शनिबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
७ भदौं ०७६, ललितपुर
। चापागाँउको प्याङ्गगाँउलाई आधुनिकताले छोएको छ । तर पनि प्याङ्गगाँउ पुग्ने जो कोही परम्पारगत दृश्यहरुको अवशेष भेट्न सक्छ । पुराना पुस्तामा परम्परागत चालचलन र जीवनशैली बाँचेको अनुभव हुन्छ ।


प्याङ्गगाँउका अघिल्लो पुस्ताका स्थानीयबासीहरुले आफ्नो भेषभुसा जोगाएका छन् । पेशा व्यावसाय पनि उस्तै छ । प्याङ्गगाँउ बस्तीमा अझै खर्पन बोकेर हिडडुल गर्ने पुस्ता भेटिन्छ ।
बस्तीमा पस्दा कँही बतै प्याङ्गपाथी बनाइरहेको भेटिन्छ त कतै डोको बुन्दै । बस्तीको बिच बिचमा बनाइएका पाटीमा गफ गर्दै दौतरीहरु दिन काटिरहेका भेटिन्छन् ।


बस्तीका घरहरुमा भटमास, लसुन र खुसाँनीजस्ता अनाज लस्करै झुण्डिइएका छन् । कही कतै मकैका थाक्रा पनि छन् ।


प्याङ्गगाँउ बस्ती प्याङ्गपाथीका लागि प्रसिद्ध छ । माटाका भाँडा वा धातुजन्य सरसामान आविस्कार नहुँदादेखि नै प्याङ्गपाथीको प्रचलन थियो भन्ने जनविश्वास छ । यो प्याङ्गपाथी नछिप्पेको बाँसबाट बनाइन्छ । बाँसबाट मानापाथीलगायत अनाज नाप्ने सरसामान बन्छन् ।


अन्यः नेवारी बस्तीभन्दा प्याङ्गगाउका स्थानीयबासीको भेष भुसा चाल चलन र रितीरिवाज भिन्न छ । दक्षिण ललितपुरको कालेश्व्र महादेवलाई कुलदेवता मान्ने प्याङ्गगाँउले हरेक वर्ष फागुन पूर्णिमाका मेला भर्न कालेश्व्र पुग्छन् । यो बस्ती ललितपुरको शंखुबाट बसाई सरेर आएको पुराना पुसताको भनाई छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : २३ बजे